पोखरामा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु



पोखरा। कास्कीको पोखरास्थित विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकरएकजनाको ज्यान गएको हो।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका–१७ की ७५ वर्षीया कोरोना संक्रमित वृद्धाको बिहीबार बिहान ३ः४५ बजे मृत्यु भएको हो। ती वृद्धामा २४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी निमोनिया, मधुमेह तथा हाइपरटेन्सनसम्बन्धी रोगबाट ग्रसित रहेको अस्पतालले जनाएको छ।

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बागलुङको बेशीसहर नगरपालिका ५ का ७१ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा बिहान मृत्यु भएको छ। उनमा कार्तिक २८ मा कोरोना देखिएको थियो।

उनी निमोनिया र एक्युट हेपाटाइटिस लगायतका समस्याबाट ग्रसित भएको अस्पतालले जनाएको छ। यस्तै फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा पोखरा महानगरपालिका–९ की ८३ वर्षीया वृद्धाको बिहीबार बिहान मृत्यु भएको हो। अस्पतालका अनुसार उनमा २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीमा निमोनिया र हाइपरटेन्सनसम्बन्धी रोग पनि देखिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्