सुआहारा कार्यक्रमको साहर्निय कार्य, महिला स्वास्थ्य स्वयंसेविका लाई माक्स र सानिटाइजर सहयाेग



कमलेश चन्द्र गुप्ता
कपिलवस्तु , मांसिर ४ ।
कालिका स्वावलम्बन सामाजिक केन्द्र/ सुआहारा दोस्रो कार्यक्रम ले कृष्णनगर नगरपालिकाका ११४ महिला स्वास्थ्य स्वयंसेविका लाई पुग्ने गरी माक्स र सानिटाइजर सहयोग गरेको छ।

भिटामिन “ए” कार्यक्रमलाई लक्षित गरी माक्स र सानिटाइजर कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा मार्फ़त सहयोग गरेको हो । २०७७ मंसिर ११ र १२ गते राष्ट्रीय भिटामिन “ए” जुकाको औषधि र वाल भिट्टा वितरण कार्यक्रमलाई सफल पार्नको माक्स र सानिटाइजर नगरपालिकाका स्वास्थ्य शाखाका नबीन प्रसाद डांगीलाई आज हस्तन्तरण सुआहारा कार्यक्रमका पालिका पोषण सहजकर्ता पृथीपाल तेलीले गरेका हुन।

सो हस्तन्तरण कार्यक्रममा कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिति थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्