जिबनको लागि खेल प्रेरणा दाई हो : काङ्ग्रेस नेता यादव



महेश सिंह सिरहा लहान ४ मंसिर – सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ पोर्तहा मा कार्तिक २५ गते मंगलवार बाट खेलकुद प्रतियोगिता सुरु भएको थियो। आयोजक संस्थाको अध्यक्ष बिरेन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।बलान युवा फुटवल क्लव सखुवानन्कारकट्टी- ४ सिमराहा र श्री राजदेवी युवा क्लव सखुवानन्कारकट्टी गापा–३ पोर्ताहाको संयुक्त आयोजना र काङ्ग्रेस नेता गोपाल कृष्ण यादवको संयोजनमा शान्ति पुर्ण तरिकाले फाईनल खेल सम्पन्न भएको छ्।

पकडियागड फुटबल टिम लहान १८ र बलान फुटबल टिम ४ सिमराहा बीच फाईनल खेल सम्पन्न भएको छ् । अमहि भर्सेज सिमराहा भएको खेलमा २-० को साथ अमहि बिजय भएको आयोजकले जानकारी दिनु भयो । बिजय भएको टिमलाई प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गरी धन्यवाद दिएका थिए।पहिलो गोल राकेश सिंह ले गरेका थिए भने दोश्रो गोल प्रमान्द सिंह ले गरेका थिए । २ गोलले अमहि टिम बिजय भएको थियो ।

नेपाली काङ्गेसकाका जिल्ला सभापती एवं पुर्व सांमसद रामचन्द्र यादव खेलको समापन कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै खेल ले हाम्रो जिबनमा शक्ति प्रदान गर्द छ । खेलको कला प्रति आफु प्रभावित भएको बताए । नेपाली काङ्ग्रेसका महासमिति सदस्य सुर्य नारायण यादव भन्छन् । खेल जिबनमा शारीरिक रुपले लाभ दाई हो । खेललाई प्रेरणा दाईको रूपमा लैजानु पर्छ बताए ।

नेपाली काङ्ग्रेसका नेता तथा सिरहा निर्वाचन क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य तपेश्वर महतो ले भने खेलकुद स्वास्थ्यको लागि धेरै फाईदा दाई यो यसलाई यसलाई श्रमिक र ब्यबसाय रूपमा अगाडि बढाउन आग्रह गरेका थिए । अतिथिहरुमा हमिम राईन , राम बिलास यादव , राम कृष्ण साह , लगायत हजारौं ब्यक्तीहरुको उपस्थिति रहेको थियो ।

हिजो भएको खेलमा भवनी युथ कल्व भवानिपुर सिरहा टिम विजय भएको छ । खेलको निर्धारित समयमा प्रतिस्प्रधी सहभागी कुनै टिमले गोल गर्न नसकेपछी प्लान्टिमा भवानिपुर टीमलेले विजय हासिल गरेको नेता गोपालकृष्ण यादवले जनकारी दिनुभयो । प्लान्टिमा भवानिपुर – ५ र हर्दिया – ४ गोलको अन्तरले भवानिपुर टिम विजय भएको थियो ।

पहिलो दिनको खेलमा भवानिपुरका सुमन मगरले म्यान अफ द म्याच घोषित भएका थिए । उक्त खेलमा ८ वटा टिमको सहभागिता रहेको काङ्ग्रेस गोपाल कृष्ण यादव ले बताए। प्रथम पुरस्कारमा नगद रु २१ हजार नगद र द्धितिय पुरस्कार १२ हजार नगद, सिल्ड प्रमाणपत्र मेडल लगायतको सुविधा टिमका खेलाडीलाई प्रदान गरेको आयोजकले जानकारी दिनु भयो।

सहभागि टिमहरुले आयोजकले बनाएको निति नियममा खेल खेल्नुपर्ने उनले बताए । साथै अतिथिहरुले एक आपसमा छठ पर्वको अवसरमा शुभकामना आदान – प्रदान गरेको थियो । स्थानीय नेता खेलको संयोजक कर्ता गोपाल कृष्ण यादवको अनुसार कुलतमा लागेका गाउँका युवाहरुलाई खेलको माध्यम बाट सुधारन लागेको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्