दीपशिखाले रजत महोत्सव मनाउँने




सैघाली खबर
दाङ । १७ पुस । दीपशिखा आवासीय माध्यमिक विद्यालय घोराहीले रजत महोत्सव मनाउने भएको छ । पुस २४ देखि माघ १० गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरी रजत महोत्सव बनाउँने भएको हो । विद्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै २५ औ बार्षिक उत्सवको अबसरमा रजत महोत्सव आयोजना गर्न थालेको जानकारी दिएको हो ।

 

रजत महोत्वका अवसरमा विभिन्न कार्यक्रमको समेत आयोजना गरिने विद्यालयले जानकारी दिएको छ । विद्यालयले २४ गते विद्यालय परिषर सरसफाई, २५ गते खेलकुद नृत्य र खुल्ला कविता प्रतियोगिता, २६ गते खेलकुद नृत्य र साँस्कृतिक कार्यक्रम , २७ खेलकुद र नृत्य २८ गते खेलकुद नृत्य र ट्राफिक सचेतना कार्यक्रम २९ गते म्याराथुन दौड रहेको पत्रकार सम्मेलनमा जानकारी प्रदान गरिएको थियो ।

पुस ३० गते खेलकुद र नृत्य माघ ३ गते खेलकुद र नृत्य माघ ४ गते राम्रो शिक्षक छनौट कार्यक्रम, ५ गते लागु औषध दुर्वेशनी रोकथाम तथा सचेतना कार्यक्रम र ६ गते बृद्धबृद्धालाई सहयोग सामग्री वितरण कार्यक्रम रहेको विद्यालयका संचालक समितिका अध्यक्ष विकास गौतमले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको थियो ।

 

यस्तै माघ ७ गते रत्तदान, ८ गते सरस्वती पुजा, ९ गते पुरस्कार वितरण र १० गते रजत महोत्सव समारोह गरिने गौतमले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोतम खनाल राम थापा, माधव प्रसाद शर्मा लगायतले वोल्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्