शिक्षामन्त्री मेवालाल चौधरीले दिए राजीनामा



काठमाडौं। भारत बिहारका शिक्षामन्त्री मेवालाल चौधरीले राजीनामा दिएका छन्। गत सोमबार बिहारको शिक्षामन्त्रीमा शपथ लिएका चौधरीले बिहीबार राजीनामा दिएका हुन्।

उनले बिहीबार आफ्नो पदभार सम्हालेसँगै राजीनामा दिएका हुन्। सहायक प्राध्यापक तथा जुनियर वैज्ञानिकको नियुक्तिमा अनियमितताको मुद्दाको कारण उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।

बिहारमा हालै सम्पन्न भएको विधानसभा निर्वाचनमा जित हात पारेको एनडीए गठबन्धनको तर्फबाट गत सोमबार चौधरीले मन्त्रीको शपथ लिएका थिए। एनडीएले यो निर्वाचनमा अपराध, भ्रष्टाचार र साम्प्रदायिकतामा कहिले पनि सम्झौता नगर्ने दाबी गर्दै आएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्