छठ पर्वको दिन कपिलवस्तुमा विभिन्न कार्यक्रम आयोजना गरि मनाइदै



प्रभुनाथ गुप्ता
५ मङ्सिर, कपिलवस्तु । छठ पर्वको दिन कपिलवस्तुमा विभिन्न कार्यक्रम आयोजना गरि पर्व मनाइदैछ ।

जिल्लाको मायादेवी गाउपालिका वडा नं.१ सिसहीया घाटमा छठी माइको श्रद्धालु महिलाहरुले पूजा अर्चना गरि धुमधामका साथ बिधि पुर्वक पर्व मनाइदैछ ।

सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरेर पर्व मनाएका छन।

यस पर्वमा चाहिने भाँडाकुडा र वस्तुको बन्दोवस्त एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्