पर्व छठको अवसरमा प्रदेश नम्बर २मा सार्वजनिक बिदा



काठमाडौं। मिथिलावासीको पर्व छठको अवसरमा प्रदेश नम्बर २ ले शुक्रबार सार्वजनिक बिदा दिएको छ।

केन्द्र सरकारले बिदा नदिएपनि प्रदेश सरकारले सूचना निकालेर शुक्रबार बिदा दिएको जनाएको छ।

कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन समेत प्रदेश नम्बर २ सरकारले आग्रह गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्