तापक्रम घट्दै जाँदा देशभर चिसो बढ्यो



काठमाडौं। काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। तापक्रम घट्दै जाँदा चिसो बढेको महशुस भइरहेको छ। उपत्यकाको न्युनतम तापक्रम आज बिहान ५ दशमलव ९ डिग्री सेल्सियस मापन भएको छ।

दिउँसो बढेर २२ डिग्री सेल्सियसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार अहिले देशका उच्च पहाडी तथा हिमाली भेगको मौसम आंशिक बदली र अन्य स्थानमा सफा रहेको छ।

दिउँसो पनि उच्च पहाडी र हिमाली एक दुई स्थानको मौसम बदली हुनेछ। महाशाखाकी मौसमबिद् शान्ति कंडेलका अनुसार मौसम बदली गराई वर्षा र हिमपात गराउने प्रणाली सक्रिय नभएका कारण मौसम सफा रहनेछ। तर, बिहानी र बेलुकापख भने तराई भेगमा हल्का हुस्सी तथा तुँवालो देखिनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्