पछिल्ला तीन दिनमा मात्र सुनको मूल्य १ हजार १ सय रुपैयाँले घट्यो



काठमाडौं। नेपाली बजारमा सुनको मूल्य शुक्रवार चार सय रुपियाँले घटेको छ। यससँगै सुनको मूल्य तोलाको ९४ हजारमा आइपुगेको छ। यो साता निरन्तर सुनचाँदीको भाउ घटेको छ। पछिल्ला तीन दिनमा मात्र सुनको मूल्य १ हजार १ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य तोलाको ९४ हजार कायम गरेको छ। बिहीबार प्रतितोला ९४ हजार ४ सय कायम भएको थियो। बुधवार तोलाको ९५ हजार १ सय रुपैयाँ थियो।

त्यस्तै शुक्रवार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ। बिहीबार ९३ हजार नौ सय रुपैयाँ रहेको तेजाबी सुनको मूल्य बुधवार ९४ हजार ६ सय रुपैयाँ थियो।

चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर १ हजार २ सय १० रुपैयाँ कायम भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्