तुलसीपुरको मालपोत कार्यालयमा ४ लाख घुस सहित २ जना पक्राउ



तुलसीपुर, ५ मसिर ।तुलसीपुरको मालपोत कार्यालयमा नगद ४ लाख घुस सहित २ जना रंगे हात पक्राउ परेका छन् । पक्राउ पर्नेमा तामेली फाँटका वरिष्ठ नासु पुस्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेका छन् ।

प्रारम्भीक अनुसन्धान अनुसार सेवा ग्राहीसंग ४ लाख घुस लिदै गर्दा पक्राउ परेका हुन । कर्मचारीले मोठ कायम गरिदिने भन्दै घुस मागेका थिए । यद्यपीः पुष्टि गर्न बाँकि रहेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्