हवाइ भाडा ५० प्रतिशतले घट्यो



बारा। काठमाडौं-सिमरा हवाइ भाडा ५० प्रतिशतले घटेको छ। एउटै कम्पनीको मात्र उडान भरीरहेको सिमरा बिमास्थलमा विभिन्न एयरलाईन्सले सेवा बिस्तार गरेपछि भाडादर ५० प्रतिशत सस्तो भएको हो।

एयरलाईन्स कम्पनी बीचको प्रतिस्पर्धाका कारण भाडादर सस्तो भए पछि सर्वसधारणले साना तथा भाडाका सवारी छाडेर बिमानको यात्रा गर्न थालेका छन्। दैनिक ५ सय बढि यात्रु ओहरदोहर गर्ने बिमानस्थलमा बुद्ध एयर, श्री र यति एयरलाईन्सले यात्रुलाई सेवा दिँदै आएका छन्।

हाल सिमरा–काठमाडौ १५ सय रुपैया भाडा रहेको छ। चाडबाडमा भने दुई हजार रुपैयाँ थियो।
चाडबाड अगाडि सिमरा काठमाडौं एकतर्फी भाडा ३ हजार २ सय ५० रुपैयाँ रहेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्