११ वटा गाई एकै ठाउँमा मृत अवस्थामा फेला



बैतडी। बैतडीमा ११ वटा गाई एकै ठाउँमा मृत अवस्थामा फेला परेका छन्। पुर्चौंडी नगरपालिकास्थित खानेपानीको मुहानमा ११ वटा गाई मरेको अवस्थामा फेला परेका हुन्।

सिंगास सामुदायिक वनको हाताभित्र रहेको भेरीखोला मूहानमा गाई मृत अवस्थामा भेटिएका हुन्। खानेपानीको मूहानमा मरेका गाई फेला परेपछि पुर्चौंडी नगरपालिकाको मुडेलीका ८० घरपरिवार र एक विद्यालयमा खानेपानीको समस्या भएको छ।

गाउँमा आउने खानेपानीको मूहानमा गाई मरेका भेटिएपछि गाउँमा खानेपानीको समस्या भएको स्थानीय सीता साउँदले बताए। गाई कसरी मरे वा मारेर फालिएको हो भन्ने सम्बन्धमा स्थानीय प्रशासनले खोजी गरिरहेको छ।

गाईको हत्या गरेर फालेको भए कानुन अनुसार कार्वाही हुने बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्