समाचार

राजधानीका लागी सबैभन्दा उत्कृष्ट स्थान दाङ – पोख्रेल

By थाहा अनलाइन

January 02, 2018

सैघाली खबर दाङ,१८ पुस

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेल राज्य पुन ः संरचना आयोगले पठाएको रिपोर्टमध्ये सबैभन्दा उत्कृष्ट दाङ जिल्लाको भएको बताउनुभएको छ । सातवटै प्रदेशमध्ये पाँचनम्वर प्रदेशको दाङ जिल्लाको बेलझुण्डीको आयुर्वेद शिक्षण भवन देशकै उत्कृष्ट भएको रिपोट आयोगले सरकारलाई बुझाएको पोख्रेलले बताउनुभयो । नेकपा एमाले साविक बिजौरीले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमा बोल्दै पूर्व सुुचना तथा सञ्चार मन्त्री रहनुभएका पोख्रेलले पाँचनम्वर प्रदेशको राजधानी दाङ बन्ने कुरामा कुनै शंका नगरी त्यसका लागी आत्मनिर्भर र उत्पादनशील काममा लाग्न समेत आग्रह गनुभएको छ । यो खबर आजको सबै पत्रपत्रिकामा छापिएको छ ।