घोडाघोडीमा एक युवतीले गरिन् झुण्डिएर आत्महत्या



कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा एक युवतीले झुन्डिएर आत्महत्या गरेकी छिन् । वडा नम्बर ४ का शोभाराम चौधरीकी छोरी १९ बर्सिया ममता चौधरीले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए । सुखडमा आफ्नै फुपूको घर बस्दै आएकी बस्दै आएकी बताईएको छ ।

आफू सुत्ने कोठाको झ्यालमा दोपट्टाले पासो लगाई झुन्डिएर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए । शव पोस्ट माटमको लागी सेति प्रादेशिक अस्पताल धनगढी पठाईएको बताईएको छ । के–कति कारणले झुन्डिएर आत्महत्या गरे भन्नेबारे अनुसन्धान भईरहेको सुखड प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्