तुल्सीपुर मालपोतकार्यालयका दुई जना कर्मचारी सेवाग्राही संग घुस रकम लिदालिदै रंगेहात पक्राउ(भिडीयो)



मङ्सिर ५,दाङ । तुल्सीपुर स्थीत मालपोतकार्यालयमा कार्यरत दुई जना कर्मचारीलाई सेवाग्राही संग घुस रकम लिदालिदै रंगेहात पक्राउ परेका छन। मालपोत कार्यालय तुल्सीपुरको तमेली फाटमा कार्यरत नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई शुक्रबार दिउसो कार्यालयबाटै घुस रकम लिदालिदै रंगेहात पक्राउ गरीएको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जले जनाएको छ ।

उनीहरुले जग्गा नापजाच गरी पुर्जा बनाइदीने भन्दै सेवाग्राही संग ३लाख२०हजार नगद सहीत रंगेहात पक्राउ गरीएको हो।नीहरुले यस अघि सेवाग्राहीबाट ८० हजार रुपैया लिईसकेको बताईएको छ ।

२०२६ सालमा सर्भे भएको जग्गाको बाबुको नाममा नापी कायम भएको तर छोराको नापी कायम नभएको हुदा जग्गाको नापी कायम गर्नका लागी उक्त रकम सेवा ग्राही संग उनीहरुले माग गरेको बताईएको छ । पक्राउ परेकाहरुमाथी आबश्यक अनुसन्धानको प्रक्रिया अघि बढेको अख्तियारको कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्