मुख्य समाचार

 नेपालका २५ औषधि उत्पादन कम्पनी मापदण्ड विपरीत सञ्चालनमा रहेको खुलासा

By थाहा अनलाइन

January 02, 2018

सैघाली खबर काठमाडौं ,१८ पुस

नेपालका २५ औषधि उत्पादन कम्पनी मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको छ। त्यस्ता कम्पनीलाई कानुनबमोजिम कारबाही गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभाग भने मुकदर्शक बनेको छ। विभागका अनुसार मुलुकमा भिन्न(भिन्न प्रकारका औषधि उत्पादन गर्ने ५५ कम्पनी सञ्चालनमा छन्। यसका अतिरिक्त नौ वटा कम्पनी भौतिक पूर्वाधार निर्माणका चरणमा छन्। जसले विभागको सञ्चालन अनुमति पाइसकेका छैनन्।

औषधि व्यवस्था विभागका अधिकारीहरुका अनुसार डब्लुएचओ जिएमपीका लागि अहिलेसम्म २५ स्वदेशी उत्पादकले आवेदन नै दिएका छैनन्। ुतीमध्ये केहीले डब्लुएचओ जिएमपीको नवीकरण पनि गरेका छैनन्,ु विभागका डब्लुएचओ जिएमपी प्रमाणपत्र प्रमाणीकरण गर्ने वरिष्ठ अधिकारी केसीले भने, ुकेहीले मात्रै डब्लुएचओ जिएमपीका लागि आवेदन दिएका छन्।ु नेपालमा आयात गरिने औषधिका लागि डब्लुएचओ जीएमपी अनिवार्य गरिएको छ।