“यात्रा” कविता



राज कुमार कार्की
“यात्रा”
काठमाडौ बाट गाडी गुड्यो साठीको नै दरमा।
गुरुजीले भन्दै छन् आठ घन्टामा पुगिन्छ घरमा।।

ब्यत्तिगत गाडी हाम्रो केही छैन मान्नु डर।
तर पनि चारैतिर भन्दै छन् कोरोनाको कहर।।

आफ्नो गाउँ ठाउँ पुग्ने कस्लाइ हुदैन रहर।
सागुरो भो हिजोआज गाउँ भन्दा धेर सहर।।

चिया खाएउ हामीले नेपालथोक भन्ने ठाउँमा।
आँखा पुग्यो त्यो पारि बि पि को जन्म गाउँमा।।

जन्म भएको रहेछ त्यो पारि दुम्जा बेसी गाउँ ।
श्रद्धा सुमन गरे मैले सम्झेर महामानवकै नाउँ।।

सम्झिनै पर्ने रहेछ अर्को मुख्य बि पि कै बाबु।
मजदुरको मैलो लुगा पठाए श्री तीनकै नाउँ ।।

एकपटक भ्रमण गरौ सबले यो पवित्र ठाउँ ।
गर्वले छाती ढक्क फुल्छ देख्दा दुम्जा बेसी गाउँ ।।

सानो गाउँमा जन्मिएको बिचारले सन्सार छायो ।
त्यही बिचारले बडे-बडे तानाशाह नै पल्टायो।।

बि पि को नै परिकल्पना प्रत्येक घरमा दुहुनो गाई ।
देश जनताले दु:ख पाए आज लडदा भाइ-भाइ।।

प्रजातन्त्र मासियो समाजबाद बि पि को छाडि।
फाइदा लियो वैरीले आज भाइ-भाइ सब लडाइँ।।

गाडी रोकियो हाम्रो पनि सिन्धुलीगढी पुगि ढक्क ।
इतिहासकै याद आयो मलाई हजुर फेरि टक्क।।

कसरी आइपुग्यो कप्तान किन्लोकको सेना ।
त्यत्रो विशाल मधेसले किन हो त रोक्न सकेन?

मधेसले भन्न सकेन छेक्छु म आउनलाई दिन्न।
इतिहासले खडा गर्‍यो यहाँ ठूलो प्रश्न चिन्न।।

आखिरमा लडे त्यहाँ सब केटाकेटी बुढा ।
डाँडा बाट हानी भगाए सत्रुलाइ ढुङ्गा मुढा।।

यहीँ कारणले गर्दा मधेसीलाई नलेको भर्ती ?
सेनाको कुरो गरेको मैले हजुर यहाँ सरसर्ती ।।

आहा! कति स्वादिलो सिन्धुलीको सुन्तला जुनार।
दर्शन गरि अगाडि बढि कमलामाइ कै किनार।।

पुगियो हामी उहीँ बाजेको पेडा पसल कै पो छेउ।
दुबिधा भो ऐले नयाँ वा पुरानो बाजेको पेडा लिनु।।

झापा जिल्ला सुरु हुन्छ मावा खोला नै तरेर ।
यात्राको नै अन्त्य भयो मेची नदी छेउ झरेरं ।।

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्