फेरि बढ्यो ईन्धनको भाउ, अब कति रुपैयाँ ?



सैघाली खबर
काठमाडौं,१८ पुस


नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ ।

ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको निगमका अधिकारीले जानकारी दिएका छन् । काठमाडौंमा अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ, डिजेल र मटितेल प्रतिलिटर ७९ रुपैयाँ र ग्यास प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँमा किनबेच हुनेछ । कान्तिपुरमा खबर छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्