दाङमा स्कारपियोले ट्रेक्टरलाई ठक्कर दिँदा एकजना घाईते



टेकबहादुर पुन

दाङ । दाङमा ट्रेक्टरलाई स्कारपियोले ठक्कर दिँदा एकजना घाईते भएका छन् ।

लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री खुटीमा सनिबार बिहान पौने ११ बजे स्कारपियोले ट्रेक्टरलाई ठक्कर दिँदा ट्रेक्टर चालक कप्तानगञ्ज निवासी ३८ बर्षिय लिला बहादुर कुमाल घाईते भएका हुन् । घाईतेको अहिले लमही अस्पतालमा उपचार भईरहेको छ ।

लमहीबाट नेपालगञ्ज जाँदै गरेको बा१३च ९३५६ नम्बरको स्कारपियोले रोड क्रस गर्दै गरेको रा१त १२६३ नम्बरको ट्रेक्टरलाई ठक्कर दिएको हो ।

स्कारपियोको अोभर स्पिडका कारण दुर्घटना निम्तिएको प्रत्यक्ष दर्शीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्