६६ वर्ष पुरानो विद्यालय भएपनि अहिलेसम्म गुणस्तरीय शिक्षा उपलब्ध छैन !



म बस्ने स्थान जनकपुरधाम वार्ड न.२३ हो। म सानैदेखि नै आफ्नै गाउँ वडामा रहेका त्रिभुवन आदर्श मा. वि. एक सामुदायिक विद्यालयमा अध्ययन गर्दै अहिले १२ कक्षामा अध्ययनरत छु । विद्यार्थीहरुले आशा गरेका थिए। अब हाम्रा गाउँकै विद्यालयको गुणस्तरीय पठनपाठनको स्तर क्रमशः सुधारको दिशातिर जाने छ तर समय जति बितेपनी हाम्रो गाउँका विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्था अहिलेसम्म हेरिएका छैन।

यस विद्यालयको शिक्षा गुणस्तरीयले भरिपूर्ण जस्तो नहुने भएकोले यस विद्यालयका विद्यार्थीहरुको गुनासो रहेका छन । यहाँ आवासीय सुविधा, पुस्तकालय, खेलमैदान,घेराबार तथा बगैँचा, प्रशासनिक भवन, शिक्षण भवन (कक्षाकोठा राम्रो ५०%) प्राथमिक उपचार तथा परामर्श कक्ष, विद्यालय सङ्ग्रहालय, प्रयोगशाला, अडिटोरियम हल, चमेनागृह, खानेपानी सरसफाइ तथा स्वच्छता सुविधा, व्यावसायिक कार्यशाला कक्ष आदिको प्रबन्ध छैन ।

अब गरिबहरुलाई राम्रो शिक्षाका लागि महँगो शुल्क तिरेर निजी विद्यालयमा जानुपर्ने बाध्यता बनाइदिए।
अब कुरा गरौं यहाँको मुर्ख समाजको जसका कारण यस विद्यालयमा रेखदेख हुँदैन । भनिन्छ कि विद्यालयको जग समाज नै हुन, मत्लब यस विद्यालयका समस्यामा यहाँको गाउँ समाज पनि जिम्मेवार हुन। मुख्य जिम्मेवार त यहाँको वार्ड प्रमुख (अध्यक्ष) हुन जुन उहाँले आफ्नो वार्ड भित्रमा पर्ने विभिन्न निकाय पक्षहरुको समस्यालाई समाधान पार्नुपर्छ । खै यहाँको मुर्ख जनताहरु जो यस विद्यालयको विकास बजेटलाई हिसाब लिनुपर्ने थियोे त्यो लिदैन । म तनविर रेजा राइन मेरो गाउँको विद्यालय गुणस्तरीय सहित नमुना होस् भन्दै आफ्नो विचार यहीँ समाप्त गर्दछु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्