ब्राजिलमा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो



मंसिर ६,ब्राजिल ।पछिल्लो २४ घण्टामा ३८ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएसँगै संक्रमितको संख्या ६० लाख नाघेको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार ६० लाख २० हजार एक सय ६४ जना संक्रमित भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हाे ।

गएको २४ घन्टामा पाँच सय ५२ जनाको ज्यान गएको छ । शुक्रबार बिहानसम्म १ लाख ६८ हजार ६ सय १३ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

का्रोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा ब्राजिल अमेरिकापछिको दोस्रो स्थानमा परेको छ भने संक्रमित हुनेमा अमेरिका र भारतपछिको तेस्रो देशमा पर्दछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्