प्रधानमन्त्री देउवाको मन्त्रीमण्डल बिस्तार जारी रहने ।।



जेठ,२५
PM_Sapath_Sher-430x336
हिजो पदभार ग्रहण गर्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल बिस्तारको कामलाई आजपनि जारी राख्नुहुने भएको छ । हिजो महत्वपूर्ण मन्त्री र मन्त्रालयको भागवण्डा सहित पदभार ग्रहण गर्नुभएका प्रधानमन्त्री देउवा आज बाँकी मन्त्रीमण्डल पुरा गर्ने कसरतमा हुनुहुन्छ । आफ्नै पार्टीभित्र असन्तुष्ट बनेका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई मिलाएर मन्त्रीको सुची तयार पार्न प्रधानमन्त्री देउवाले पहल गर्नुहुने बताईएको छ । यस्तै मन्त्रीको नाम आउँन बाँकी सत्ता साझेदार दल माओवादी केन्द्र, राप्रपा लगाएत पार्टीको सिफारिसका नामलाई मिलाएर मन्त्रीमण्डल बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहनुभएको उहाँको सचिवालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्