एकताबद्द र बलियो पार्टी बनाउन सबै लाग्नुपर्ने बेला आएको छः उपाध्यक्ष गौतम



मंसिर ६, दाङ। नेपाल कम्युनिष्ट पाटी(नेकपा)का उपाध्यक्ष बामदेब गौतमले पाटीलाइ एकताबद्द बनाउनुपर्ने समय आएको बताउनु भएको छ ।शनिबार दाङको तुल्सीपुरमा आयोजीत पाटी नेता तथा कार्यकर्ता भेटघाटमा गौतमले भन्नुभयो, ‘हाल पाटीमा समस्या पैदा भएको रती समस्यालाई हल गर्दै पाटीलाई उकताबद्द बनाउन प्रयत्नशील रहेका छौ एउटा शशक्त पाटी निमार्णको लागी सबै तयार हुनुहोस ।’

कम्युनिष्ट पार्टीका बीचको एकता, समृद्ध नेपालदेखि समाजवादसम्मको परिकल्पनामा आफू २०६३ सालदेखि लागिरहेको दावी गर्दै उपाध्यक्ष गौतमले भन्नुभयो, ‘बलियो कम्युनिष्ट पार्टी बनाउने र मुलुकलाई समाजवादसम्म पु¥याउने संकल्पमा म २०६३ सालदेखि लागिपरेको हुँ । लामो छलफलपछि पार्टी एकता सम्भव भएकाले जुटेको पार्टीलाई कुनै पनि हालतमा फुट्न दिँदैनौं । फुटलाई जुटमा बदल्न लागिरहने मेरो संकल्प रहेको छ ।’

आफू कुनै गुटबन्दीमा नलागेको दाबी गर्दै उपाध्यक्ष गौतमले सधैँ पार्टी एकताको पक्षमा उभिने बताउनुभयो । ‘म कहिले पनि गुटको पक्षमा थिइन र आज पनि छैन । म सधैँ एकताको पक्षमा उभिने छु’, गौतमले भन्नुभयो, ‘पार्टी नेतृत्वलाई जुटको यात्रामा लाग्न सबैले अपिल गर्नुपर्दछ ।’

सो अवसरमा नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले दाङका सबै नेता र कार्यकर्ता पार्टी एकताको पक्षमा भएकाले एकताको पक्षमा गम्भिरतका साथ लाग्न सुझाव दिनुभएको थियो ।समाजबादको आधार तय गर्नुपर्नै समयमा पाटीमा आन्तरीक बिबदले निराशा छाएको भन्दै गौतमले अब सम्पुर्ण कार्यकर्ताले एकतामा बल पुर्याउन आग्रह गर्नु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्