प्रहरी द्वारा चौकमा सरसफाइ



कमलेश चन्द्र गुप्ता / मन्सिर ०६ /कृष्णनगर
कपिलवस्तुमा बि.ओ.पी भिल्मीले आज सरसफाई कार्यक्रम गरेको छ। आज बिहान कृष्णनगर नगरपालिका को वार्ड न.६ भिल्मी चौकमा सरसफाई गरिएको हो।

जिल्लाको कृष्णनगर नगरपालिका अंतर्गत पर्ने सशत्र प्रहरी बल नेपाल बॉर्डर आउट पोस्ट भिल्मी ले आज बिहान सरसफाइ कार्यक्रम गरेको हो l प्रहरी ,युवा,समाजसेबि,शिक्षक,विद्यार्थी,पत्रकार लगायतले झाडू लगाई फोहोरलाई एक ठाउमा एकत्रित गरि जलाएर नष्ट गरिएको थियो ।

कोविड-19 को महामारी बाट बच्न हामी सबैले आफ्नो घर्-आगन,टोल छिमेकी ,बाटो सधै सफा राख्नु पर्छ् भन्ने कुरा बि.ओ.पी भिल्मीका प्रहरी निरक्षक त्रिलोकन पोखरेलले बताउनु भएको छ। आज हामीले गरेको कार्यक्रम नमूना हो हामी आउने दिनमा सार्वजनिक स्थान,चौक-चौराहा,बाजार,विद्यालय, पाटीपौवा,मठ मन्दिर, मजिस्द साफा गर्ने अभियान रहेको उनले बताउनु भयो।

उक्त सरसफाइ कार्यक्रममा सशत्र प्रहरी बल BOP भिल्मी,प्रहरी चौकी भिल्मी का इंचार्ज कमल प्रसाद बगाले लगायतको टीम ,समाजसेबि,युवा,शिक्षक,विधार्थी, जनप्रतिनिध,पत्रकार लगायतको उपास्थिति रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्