६ मंसिर,चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे बिरुद्ध नारावाजी गरेका छन ।
चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्य समेत रहेका पाण्डे आफ्नै निर्वाचज क्षेत्रका कार्यकर्ताले नारावाजी गरेका हुन ।
पाण्डेले हिजोदेखी नै पार्टी कमिटीलाई नगर तथा निर्वाचन क्षेत्रमा पार्टी कार्यकर्तालाई भेला गराईदिन आग्रह गरेको अनुसार आज पार्टी कमिटीले आयोजना गरेको थियो ।
विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विरुद्ध लान्छनाका शब्दहरु प्रयोग गरेकाले कार्यकर्ताले नारावाजी गरेको स्रोतले बताएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।