राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य, समाजसेवी एवम् सफल युवाव्यवसायी दामोदर भण्डारी सँग समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर कुराकानिको सारसंक्षेपमा ।
यहाँको व्यस्तता आजभोली केमा रहेको छ?
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सदस्यको हैसियतले पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने क्रममा छु । पार्टीले दिएको जिम्मेवारी अनुसार म राप्रपाको संगठन सुदृढीकरण अभियानमा लागिरहेको छु । भर्खरै दुई राप्रपाबिच भएको एकिकरणलाई निर्णायक विन्दुमा पु¥याउने उद्देश्य अनुरुप पार्टी समायोजनको लागि साथिहरुसँग भेटघाट र छलफलमा व्यस्तता बढेको छ। म व्यवसायी पनि भएका कारण व्यवसायतीर पनि मेरो व्यस्तता रहने गरेको छ ।
यहाँको भोगाइमा कोभिड–१९ को प्रभाव समाजमा कस्तो पर्न गयो ?
विश्वव्यापी संकटको रुपमा देखा परेको नोवेल कोभिड–१९ ले विश्व जगत नै छटपटाई रहेको अवस्थामा हामी पनि त्यसबाट अछुतो रहन सकेनौं । आमनागरिकलाई कोभिड–१९ को प्रभाव प्रत्यक्ष रुपमा पर्न गयो । व्यापार, व्यवसाय धरासायी बन्न पुग्यो । सामाजिक गतिविधि शुन्यमा झ¥यो । समाजमा दैनिकी हुने छलफल, भेटघाट कोभिड–१९ कै कारण हुन नसक्दा सकारात्मक कार्यको थालनी हुन सकेन । लामो समय कोभिडको त्रास यथावत रहेकाले पनि जनचाहाना अनुसार काम हुन सकिरहेको छैनन् । कोभिड–१९ ले सामाजिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा, व्यवसायीक क्षेत्रमा, कृषि क्षेत्रमा सहजरुपमा कुनै काम हुन दिएन । नोवेल कोभिड–१९ ले समाजमा पारेको असर तपाई हामी सामु छर्लङ्ग छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको सांगठनिक अवस्था कस्तो छ ?
राष्ट्रिय प्रजातन्त्र पार्टीको सांगठनिक अवस्था राम्रो छ । राप्रपाले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका विषयलाई अंगाली रहेको छ । देशका ७७ जिल्लामा पार्टीको संगठन कार्यसमिति,पार्टीका जनवर्गीय संगठनहरु क्रियाशिल रहेका छन् । अहिले देशका ७७ जिल्लामा जनताको आर्कषण राप्रपातिर बढिरहेको छ । राष्ट्रवादीको मुल जरो राप्रपा भएकोले हामीलाई संगठन निर्माण गर्न अप्ठ्यारो भएको छैन । जनताको तन मनमा राप्रपा बस्ने विश्वास मैले लिएको छु । राप्रपाले सबैलाई सम्मान दिएको छ र अवसर पनि दिएको छ । देशमा राप्रपा बाहेक अरु कुनै पार्टीले धर्म संस्कृतिको रक्षा गर्न सक्दैनन् त्यसैले जनताको मनमा राप्रपा बसेको छ र राप्रपाको संगठन दिनप्रतिदिन मजवुत हुँदै गईरहेको छ ।
तपाईको विचारमा विद्यमान राजनीतिक अन्यौलताले मुलुकलाई कतातिर धकेल्दै छ ?
विद्यमान राजनीतिलाई हेरेर आम विश्लेषण गर्न खोजियो भने सो अदूरदर्शीता हुन्छ जस्तो लाग्छ । भविष्य त्यति उत्साहप्रद देखिएको छैन, तापनि भविष्यप्रति हामी सबै सकारात्मक आशावादी हुनुपर्दछ । सबै नेपालीहरु राष्ट्रियता प्रजातन्त्रप्रति केन्द्रित रहेर अगाडी बढेमा मुलुकको भविष्य उज्वल हुनेछ ।
राजनीतिक दलहरुमा देखिदै गएको वेइमानीको स्वभावप्रति तपाईको भनाई के छ ?
मुलुकको समग्र विकासका लागि राजनीतिक दलहरुमा सहकार्य हुन जरुरी छ । जुन आस्था र विश्वास लिएर आम नागरिक राजनीतिक परिवर्तनका लागि आन्दोलनमा होमिए तर जनचाहना अनुसार राजनीतिक दलले काम गर्न सकेनन् । जनताले नै आन्दोलनलाई सफलताको विन्दुमा पु¥याए तर आन्दोलनको मर्म र भावनालाई संस्थागत गर्नेे कुरामा राजनीतिक दल चुके । राजनीतिक दलको उदासिनताका कारण मुलुकमा गतिहीनता देखिएको छ, आम नेपालीमा निराश र उपेक्षा देखिएको छ । यसको अन्त्यका लागि राजनीतिक दल सच्चाइको बाटोमा हिड्न जरुरी छ ।
मुलुकलाई वर्तमान राजनीतिक अन्यौलताबाट निकास दिलाउने अचुक उपाय के देख्नुभएको छ ?
मुलुकलाई शान्त र समुन्नत बनाउने कुरा जादुको छडी घुमाएको जस्तो होइन । मुलुक निर्माणको लागि साँच्चिकै दूरदृष्टि भएका राजनेताहरुको खाँचो छ । अहिले मुलुक निर्माणको लागि एकमात्र अचुक अस्त्र सहमति, सहकार्य र एकता नै हो, यो भन्दा अर्को उपाय छ जस्तो मलाई लाग्दैन ।
राजनीतिक संकटको अन्त्यका लागि साना दलहरुको भूमिका के हुनुपर्छ जस्तो लाग्छ ?
मुलुक कुनै व्यक्ति विशेष वा कुनै अमूक दलहरुको पेवा हुनै सक्दैन । वहुमतको सरकारले जती ठुला कुरा गरे पनि जनताका न्यूनतम आवश्यकता पुरा गर्न सकेको छैन जसका कारण जनतामा निराशा छाएको छ । मैले तपाईलाई स्मरण गराउन चाहन्छु, २०५१÷०५२ सालको संसदीय निर्वाचनमा मुलूकको साँचो राप्रपाको हातमा थियो तर त्यो साँचो सधैभरी राप्रपासँग रहेन त्यहि नै देश र जनताको लागि दुर्भाग्य बन्यो अब मुलुकको नेतृत्व राप्रपाको हातमा आउने छ भन्नेमा हामी बिश्वस्त छौं जनताको चाहना राप्रपा राष्ट्रको नेतृत्व तहमा पुगोस् भन्ने रहेको हाम्रो बुझाई छ ।
राष्ट्रियताको सवालमा राप्रपाको भूमिका के रहन्छ ?
मुलुकको समग्र विकास, सुशासन र शान्ति प्रक्रियालाई स्थायी रुप दिन राप्रपा मात्र होइन, देशमा अन्य साना दल तथा तमाम बुद्धिजीवी, नागरिक समाज, किसान तथा विभिन्न पेशाकर्मीहरु विगतको आन्दोलनमा जस्तै थप उत्साह र जाँगरका साथ अगाडि आउनुपर्छ र हामी देश निर्माणका ठेकेदार हौं भन्नेहरुलाई परास्त गर्न राप्रपा र अन्य सानादलहरुको महत्वपूर्ण भूमिका रहन्छ ।
राप्रपा मुलुकको नेतृत्व लिन सक्षम छ ?
राप्रपा मुलुकको नेतृत्व लिन सक्षम छ । विगतलाई हेर्ने हो भने पनि राप्रपाले सफलतापूर्वक मुलुकको नेतृत्व लिएको तपाई हामी माझ छर्लङ्ग छ । २०५१÷०५२ सालको संसदीय निर्वाचनमा मुलुकका सचेत मतदाताहरुले मुलुकको नेतृत्व गर्ने साँचो दिएकै हुन् तर दुःखका साथ भन्नुपर्दा हामी कहाँ मुलुक बनाउने क्षमता र अनुभव प्रयाप्त हुँदाहुँदै पनि बहुदलीय संस्कारको अभ्यासको कमीका कारण हामी टुट्दै गयौं जो मुलुक र पार्टीको लागि दुर्भाग्यपूर्ण हुनगयो । अहिले हामी एक भएका छौं। जनताको भरोसाको पार्टी बनेका छौं त्यसैले अबको मुलुकको नेतृत्व लिने जिम्मेवारी राप्रपाको काँधमा रहेको छ ।
मुलुक धर्म निरक्षेप भईसकेपछि राप्रपाले हिन्दु राष्ट्रको माग गर्नु न्यायोचित हो ?
राप्रपाले हिन्दुराष्ट्रको माग गर्नु न्यायोचित छ । हामी प्राचीन संस्कृतिका परिपोषक र नविन उदारवादी राज्य व्यवस्थाका निर्माताको रुपमा उपस्थित भएका छौ । राप्रपाले जनताको चाहनाअनुसार नै हिन्दुराष्ट्रको माग गरेको छ । ९४ प्रतिशत ॐकार परिवार मुलुकभित्र रहेका छन् जो हिन्दुराष्ट्रप्रति आस्थावान छन् । आफ्नो धर्म, संस्कृति र परम्परा पहिचानको लागि जनताले हिन्दु राष्ट्रको माग गरेका छन् । राप्रपा जनताको पार्टी भएकाले जनताको इच्छाअनुसार चल्ने गरेको छ । राप्रपाले विगतदेखि नै हिन्दुराष्ट्र कायम गराउनलाई सडकदेखि सदनसम्म आवज उठाउदै आएको छ । नेपाल हिन्दु राष्ट्र घोषणा हुनै पर्छ ढिलो चाँडो त्यो नभई सुखै छैन । हिन्दु राष्ट्र कायम गर्नका लागि हामीले विभिन्न कार्यक्रमहरु लिई जनता माझ पुगिरहेका छौं । हाम्रो पार्टीले यहाँको धर्म, संस्कृति, परम्परा, रीतिरिवाजको संरक्षण र सम्वद्र्धन गर्दै मुलुकलाई विश्वको एक मात्र हिन्दुराष्ट्र घोषणा गराउने दृढ संकल्प साथ अघि बढेको व्यहोरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।
राप्रपा कुन एजेण्डा बोकी जनतामाझ जाँदैछ ?
राष्ट्रियता, प्रजातन्त्र, उदारवाद सहित संवैधानिक राजतन्त्र हिन्दुराष्ट्रको एजेण्डा बोकी राप्रपा जनतामाझ गईरहेको छ । राप्रपाले नेपालको राष्ट्रियताको विषयमा सबै एकबद्ध हुनको लागि आह्वान गर्दै जनतामाझ पुगेको छ । संवैधानिक राजसंस्था र हिन्दुधर्मका विषयमा कुरा बुझाउन राप्रपा जनताको घरघरमा पुगेको छ । राष्ट्रियताका मुद्दाहरु जनता माझ लिएर गएको छ । सरकारले गरेका गलत कामहरुको भण्डाफोर जनता माझ गर्दै आइरहेको व्यहोरा तपाईहरु माझ जानकारी गराउन चाहन्छु ।
मुलुकमा राजसंस्था पुनःस्थापित हुने सम्भावना कत्तिको छ ?
जनताको चाहना संवैधानीक राजसंस्था भएकाले अब छिट्टै मुलुकमा राजसंस्था पुनःस्थापित हुन्छ भन्नेमा हामी ढुक्क छौं । अहिले राजसंस्थाकै पक्षमा जनलहर बढेको देख्न सकिन्छ । पूर्वको जनकपुर, बुटवल, पश्चिमको धनगढीमा लाखौं युवाहरु राजसंस्था पुनःस्थिापित गर्नका लागि सडकमा उत्रिएको तपाई हामी सामु छर्लङ्ग छ । अब देशका ७७ वटै जिल्ला बाट राजसंस्थाको पक्षमा ¥याली र जुलुस निक्लनेछ त्यसैले छिटो भन्दा छिटो मुलुकमा राजसंस्था पुनःस्थिापित हुनेछ । विश्वको इतिहास हेर्ने हो भने पनि विभिन्न मुलुकमा पुनःराजसंस्था स्थापित भएको इतिहास हाम्रा सामु छन । राजनीतिको शब्दकोषमा असम्भव भन्ने केही पनि हुँदैन । यदि जनताले चाहे भने जस्तोसुकै कार्य पनि सम्भव भई छोड्छ । हामीले विश्व इतिहासलाई हे¥यौं भने पनि त्यस्ता कयौं उदाहरणहरु हाम्रा सामु छन् । मुलुकमा सर्वेसर्वा जनता हुन्, यदि जनताको चाहना राजसंस्था पुनःस्थापित गराउने भयो भने राजसंस्था अवश्य पुनःस्थापित हुन्छ ।
तपाईका शुभेच्छुक तथा कार्यकर्तालाई केही भन्नु छ ?
नोवेल कोभिड–१९ को त्रास यथावत नै छ यो समुदायमा फैलिरहेको छ । कोभिड–१९ ले भयावह रुप लिने संकेत गरेको छ । कोभिड–१९ बाट बच्न सामाजिक दुरी कायम गर्दै स्वास्थ्यका मापदण्ड पुरा गरौं, आफू पनि बचौ. अरुलाई बचाऔं । राप्रपाको संगठन निर्माणमा सम्पूर्ण कार्यकर्ताहरुको साथ सहयोगको अपेक्षा मैले लिएको छु । जनताको चाहना संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र कायम हुनुपर्छ भन्ने रहेको छ यसमा तपाईहरुको साथ र सहयोगको खाँचो हामीलाई रहिरहनेछ ।
अन्त्यमा
मलाई समसामयिक राजनीतिक विषय र राष्ट्रिय प्रजातन्त्र पार्टीका विषयमा मेरा विचारहरु राख्ने सु–अवसर दिनुभएकोमा तपाई लगायत यस थाहा अनलाइन लाई धन्यवाद !
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।