भारतको निर्देशनमा पोखरेललाई रक्षामन्त्रीबाट बर्खास्त



काठमाडौं, मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं अगाडि मन्त्रिमण्डलमा केही हेरफेर गरे। नयाँ मन्त्रीहरु पनि थपे। त्यस क्रममा सरकारमा दोस्रो वरियताका उपप्रधानमन्त्री इश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाएर प्रधानमन्त्रीको कार्यालयमा लगे।

पोखरेल त्यस्तो बेलामा रक्षामन्त्रीबाट हटाइए जतिबेला भारतीय सेनापति एम एम नरवणे नेपाल भ्रमणमा आउँदै थिए। पोखरेलले विगतमा नरवणेको सार्वजनिक रुपमा आलोचना गरेका थिए। कालापानीको सीमा विवादमा नरवणेको अभिव्यक्तिपछि पोखरेल बोलेका थिए। त्यसप्रति भारत निकै रुष्ट भएको थियो।

टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले पोखरेलाई रक्षामन्त्रीबाट हटाएर ओलीले भारतलाई सकारात्मक सिग्नल गरेको उल्लेख गरेको छ। उसले लेखेको छ, ‘उनले (प्रधानमन्त्रीले) भारतीय सेनापतिप्रति आलोचनात्मक इश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाउनु केही मात्रामा भारतलाई सकारात्मक संकेत दिएको देखिन्छ।

पोखरेललाई रक्षामन्त्रीबाट हटाएर आफैले मन्त्रालयको जिम्मेवारी ओलीले लिएका छन्। उनले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका बेलामा नरवणेसँग महत्वपूर्ण भेटवार्ता गरेका थिए। यसले पनि भारत इश्वर पोखरेलसँग रुष्ट भएको र नरवणेले उनलाई सहज नमानेको खुलेको छ। जसका कारण पोखरेललाई हटाएर ओलीले नरवणेलाई सहज बनाइदिएका थिए। यसलाई भारतसँगको सम्बन्धलाई सुमधुर बनाउने सिग्नल मानिएको छ।

यसैगरी, टाइम्स अफ इन्डियाले रअ प्रमुख सामन्त गोयलसँग प्रोटोकल मिचेर गरेको भेटवार्ताको बारेमा समेत उल्लेख गरेको छ। यसलाई ओलीको भारतसँग सम्बन्ध सुदृढ बनाउने पहलका रुपमा विश्लेषण गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्