काठमाडौं उपत्यकामा ८९९ जनामा कोरोना भाइरसको स‌क्रमण पुष्टि



काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जनामा कोरोना भाइरसको स‌क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थपिएका १ हजार ६७४ संक्रमितमध्ये ८९९ उपत्यकाका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६४ संक्रमित थपिएका हुन् ।

८ हजार १४४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १ लाख ९३ हजार ३२५ जना निको भएका छन् । २४ घण्टामा ३ हजार ३२३ जनाले कोरोना जितेका छन् ।

यो अवधिमा ७ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३०५ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्