वरिष्ठ चिकित्सक डा.मुडभरीको कोरोनाका कारण मृत्यु



काठमाडौं । वरिष्ठ चिकित्सक डा.ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ओम अस्पताल भर्ना गरिएको थियो ।

त्यहाँ उपचारका क्रममा आज उनको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिइन् । राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पुर्याएका डा. मुडभरी ओम अस्पतालका संस्थापक थिए । उनकी श्रीमती, दुई छोरी र एक छोरा छन् । मुडभरीको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्