सैघाली खबर
काठमाडौं,१८ पुस
पार्टी एकता र सरकार गठनका विषयमा माओवादी केन्द्रले आज छलफल गर्दैछ । पछिल्लो राजनीतिक अवस्था, नेकपा (एमाले)सँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्दको केन्द्रीय कार्यालयको विस्तारित बैठक आज बोलाइएको छ ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्नेछ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल हुनेछ ।
पछिल्लो दिनमा पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा अगाडि नआएको बेला माओवादी केन्द्रले आजको छलफलमा एकताका आधारहरु तय गर्नेछ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।