प्रदेशसभाका निर्वाचित सांसदहरु अलमलमा



सैघाली खबर
काठमाडौं,१८ पुस


सरकारले प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्न नसक्दा प्रदेश सांसदका रुपमा निर्वाचित सांसदहरु अलमलमा परेका छन् । प्रदेश सभा तर्फ प्रत्यक्षबाट निर्वाचित भएको १५ दिन कटिसक्दा पनि नवनिर्वाचित सांसदहरुले शपथ ग्रहण गर्न पाएका छैनन् । न्यायधिसबाट प्रदेश सांसदले सपथ लिने र सरकारले तोकेको प्रदेश प्रमुखले बैठक आह्वान गर्ने भनिएपनि सरकारले यो प्रक्रिया शुरु गर्न सकेको छैन ।

नेपालमा पहिलो पटक संघियता लागू भएकाले प्रदेशसभाको प्रक्रियाको बारेमा प्रदेश सांसदहरु नै स्पष्ट छैनन् । सरकारले प्रदेश प्रमुख, प्रदेश राजधानी तथा पहिलो बैठक बस्नको लागि स्थानको छनोट गर्न समेत ढिलाई गरेकाले सांसदहरु अलमलमा परेका हुन् । सरकारले भने प्रदेश सभा बस्नका लागि आवश्यक सबै प्रक्रिया एकै दिनमा अगाडी बढाउने गरि तयारी गरिरहेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्