स्वार्थको द्धन्द्धमा नेतृत्वले विवेक गुमायोः मुख्यमन्त्री पोखरेल



लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चितवन घटनाका बारेमा कडा टिप्पणी गरेका छन् । नेकपा स्थायी कमिटीका सदस्यसमेत रहेका मुख्यमन्त्री पोखरेलले विवेक गुमाएको टिप्पणी पनि गरेका छन् ।

‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउँछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुइल्याउने र कमजोर बनाउने उपक्रम सुरु हुन्छ,’ मुख्यमन्त्री पोखरेलले भनेका छन् ।

शनिवार चितवनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अगुवा कार्यकर्ता भेला राखी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबिरुद्ध अपशब्दसहित गुटवन्दी गरेपछि युवा कार्यकर्ताले नारावाजी गर्दै प्रतिवाद गरेका थिए । उनीहरुले नेकपा जिन्दावादको नारा लगाएका थिए ।

सो नारा लगाउने युवा कार्यकर्तामाथि कार्वाही गर्न वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठहरुले विज्ञप्ती जारी गरेका थिए । सोही घटना र विज्ञप्तीलाई नेता पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्