कपिलवस्तुको सिमाक्षेत्रमा रांगा (पाडा )को तस्करी बढ्याे



प्रिन्स मिश्रा कृष्णनगर कपिलवस्तु , मंसिर ५ ।
आठ महिनादेखि जिल्ला भन्सार बन्द रहेपनि खुला सिमानाका कारण बैकल्पिक बाटाे प्रयाेग भई रांगा तस्करी माैलाउदै गएकाे छ।
काेराेना संक्रमण बढ्ने खतराका कारण नेपाल-भारत सिमा र भन्सार बन्द रहेकाले चाेरी पैठारी बढ्नुका साथै रांगा तस्करीसमेत बढ्दै गएकाे छ। जिल्लाकाे कृष्णनगर , महराजगंज र विजयनगर स्थानिय तहसंग सटेका भारतिय सिमाबाट अवैध रुपमा रांगा तस्करी हुँदै गरेकाे स्राेतले जनाएको छ ।

कृष्णनगरकाे कुकुरभुकवा, डुमाई ,बगहि, भिल्मीलाई बैकल्पिक बाटाे बनाई अवैधरुपले सिधै बहादुरगंजमा पुग्ने गरेका छन भने लक्ष्मीनगर,सिर्सिहवां, ठकुरापुर हुँदै बंसवरियामा एकत्रित भई पुन: बहादुरगंज पशु बजार पुग्ने गरेका छन । महराजगंजकाे सतभरा, कुशहवा, हर्दाैना हुँदै पनि छिटपुटरुपमा रांगाहरु भित्रिने गरेका छन ।

बहादुरगंजमा साेमबार पशु बजार लाग्ने गरेकाले अाइतबार रातिसम्म वरपरका बगैँचा अथवा खुला चाैरमा रांगाहरुलाई एकत्रित गरि साेमबारिए बजारमा रवान्ना बनाउने गरेका छन ।नेपाल छिर्नेबित्तिकै पशु निराेगिता प्रमाणपत्र पाउंदै गरेकाले रांगा तस्करी राेक्न झनै अफ्ट्यारो बन्दै गएकाे हाे । राति २ बजेसम्म खटेपनि हामी अवैध रांगा समाउन सकेका छैनाैं , सुचनाहरु धेरै प्राप्त भए तर तस्कर र रांगा भेटाउन नसकेकाे प्रहरी निरिक्षक सुकदेव पाैडेलकाे भनाई छ।

केही तस्करहरुले आफु संगै पशु निराेगिता प्रमाण लिएरै हिड्दै गरेकाे एकजना रांगा डाेर्याउने क्यरियरले नै बताए। उनी भन्छन नेपाल सिमा कट्नेबित्तिकै पहेँलो कागज हातमा अाउंछ र त्यसपछि भित्र लाइन सेटिङकाे आधारमा निश्चित रुट हुँदै दशदेखि पन्द्रह रांगाहरु एकसाथ डाेर्याएर बजार पुग्ने गरेका छाैं ,धेरैजसाे नबालकहरु नै याे कामका लागि सक्रिय छन ।


पहेंलाे कार्ड पाएपछि पशुक्वारेन्टाइन पनि अावश्यक ना रहेकाले धेरै समस्या नहुनेभएपछि अहिले नाकाबन्द भएसंगै तस्करहरुले बैकल्पिक बाटाे अपनाउदै अाएका छन । साेमबारकाे बजारका दिन ५ देखि ८ गाडी रांगा लाेड हुन्छन भने त्यहि रवान्नामा हप्ताभरि कृष्णनगर नगरपालिका ८मा पर्ने बिसाै बगिचा, शिवराज नगरपालिका वडा ७ जवाभारी र वडा ८ महुली, पिपरी लगायतका स्थानबाट समेत ट्रकमा लाेड हुने गरेकाे प्रत्यक्षदर्शि बताउँछन् ।

सिमाक्षेत्रमा गस्ती गर्दै आएकाे सशस्त्र प्रहरी बल कृष्णनगर , कर्मा र डालपुर बिओपी समेत आँखा चिम्लेर बसेकाले तस्करहरुकाे हाैसला बढदै गएकाे छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्