काठमाडौं। परिस्थिति एकाएक परिवर्तन भएन भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद अब बहुमतीय प्रक्रियातर्फ अघि बढ्ने देखिएको छ। बुधबारको सचिवालय बैठकले कात्तिक २८ मा कार्यकारी अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको र दस दिनको समयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले तयार पार्ने राजनीतिक प्रस्तावमाथि मङ्सिर १३ को सचिवालयमा छलफल गर्ने निर्णय छ।
प्रचण्डले गम्भीर आरोपसहित लेखेको प्रस्तावको जवाफी प्रस्ताव लेख्ने घोषणा गरेर ओली नेकपाको अन्तरविरोधलाई दस्तावेजीकरण गर्ने विकल्पमा जान तयार भएका छन्। योसँगै नेकपामा दुई अध्यक्षका प्रतिवेदनमाथि पक्ष-विपक्षीको ध्रुवीकरण बनाउने बाटो खुला भएको छ। बैठकमा दुई प्रस्ताव छलफलमा गए भने त्यसलाई टुंगाउने विधिलाई लिएर नेकपामा अहिलेदेखि नै बहस सुरु भएको छ। सार्वजनिक रूपमा आरोप-प्रत्यारोपमा उत्रिने पहिलादेखिको अभ्यास दुई प्रस्तावसँगै थप बढ्ने निश्चित छ।
प्रचण्डको प्रस्तावमा ओलीले आफूमाथि लागेका आरोपको एक-एक जवाफ दिने बताएका छन्। सचिवालयमा दुई प्रस्ताव प्रवेश भए र निर्णयमा जाँदा अङ्क गणिततर्फ गयो भने बहुमत-अल्पमतको राजनीति सुरु हुन सक्छ। यद्यपि ओली समूहका नेताहरूले बहुमत-अल्पमत जानै नसक्ने बताएका छन् भने प्रचण्ड-नेपाल समूहका नेताहरू पार्टी यसअघि नै यो प्रक्रियामा गएको बताउँछन्। राजदूत नियुक्ति, कर्णाली प्रदेशमा तनाव, ‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीको भेट हुँदै अगाडि बढेको नेकपा विवाद थप आक्रामक आरोप-प्रत्यारोपसहितका दुवै प्रस्ताव सचिवालय हुँदै मङ्सिर १८ मा स्थायी कमिटीमा र मङ्सिर २५ मा केन्द्रीय कमिटीमा जानेछन्।
बहुमत-अल्पमतको राजनीति सुरु भए प्रधानमन्त्री एवं अध्यक्ष ओली पार्टीका कमिटीहरूमा मात्र होइन, संसदीय दलमा समेत अल्पमतमा देखिन्छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल सहित अन्य प्रमुख नेताहरू समेत प्रधानमन्त्री ओलीविरुद्ध एकै ठाउँमा उभिँदा प्रधानमन्त्री ओली अल्पमतमा पर्ने देखिन्छन्। ओली सहमतिमा नआएको भन्दै प्रचण्ड पक्षीय नेताहरूले अब विवादलाई बहुमतीय प्रक्रियाबाट टुंग्याउनेतर्फ जाने सक्ने नेताहरू बताउँछन्। यद्यपि पार्टी भित्रको समीकरण परिवर्तन गर्न भने ओलीले प्रयास जारी राखेको नेकपा स्रोतको भनाई छ।
यदि नेकपामा बहुमत-अल्पमतको दिशामा अघि बढे कुन समूहको अंक गणित कस्तो छ अहिले यकिन नहुने भए पनि मोटामोटी आकलन गर्न भने थालिएको छ। विशेष गरी संसदमा कुन पक्षको उपस्थिति कस्तो छ भन्ने अंक गणितको जोडघटाउ भने हुन थालेको छ। यस्तो छ सांसदहरूको अंक गणितः
केपी ओलीनिकट रहेका सांसदहरु
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली निकट रहेकाहरुमा सुवास नेम्वाङ, बसन्त नेम्वाङ, एलपी साँवा लिम्बू, शिवमाया तुम्वहाम्फे, पद्माकुमारी अर्याल, नारदमुनी राना, ईश्वर पोखरेल, राजेन्द्रप्रसाद गौतम, तिर्था गौतम, रुकुम रघुवीर महासेठ, गणेशसिंह ठगुन्ना, भैरवबहादुर सिंह, जुलीकुमारी महतो, नविना लामा, रामवीर मानन्धर, दलबहादुर राना, धनबहादुर वुढा, राधा ज्ञावली, घनश्याम खतिवडा, भानुभक्त ढकाल, विशाल भट्टराई, लीलानाथ श्रेष्ठ, पार्वत गुरुङ, गोकुल बास्कोटा, भूमिप्रसाद त्रिपाठी, खेमप्रसाद लोहनी, कृष्णप्रसाद दाहाल, कृष्णबहादुर राई, कृष्णगोपाल श्रेष्ठ, नवराज सिलवाल, महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल, खगराज अधिकारी, जगतबहादुर सुनार विश्वकर्मा, नारायण मरासिनी, पदम गिरी, डा सूर्य पाठक, भूपेन्द्रबहादुर थापा, पोल्देन छोपाङ गुरुङ, प्रेम तुलाचन, गोमा देवकोटा, गंगा चौधरी, सत्गौवा, थममाया थापा, मोहन वानियाँ, निरुदेवी पाल, विजय सुब्बा, मोतिलाल ढुगड, रेखा कुमारी, कलिला खातुन, कुमारी मेचे, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, सुजिता शाक्य, सरिता न्यौपाने, बिनादेवी वुढाथोकी, मैनकुमारी भण्डारी, गुल्मी विष्णु शर्मा, बिनाकुमारी श्रेष्ठ, बिन्दा पाण्डे, तिलकबहादुर महत, छविलाल विश्वकर्मा, बिष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, नन्दलाल रोकाय क्षेत्री, रविन्द्रराज शर्मा, नरबहादुर धामी, दामोदर भण्डारी, लालबहादुर थापा, आशाकुमारी विक, विद्या भट्टराई, प्रेम आले, विमला विश्वकर्मा, विमला विक रहेका छन्।
माधव नेपालनिकट
माधव नेपाल निकट रहेकाहरुमा झलनाथ खनाल, लालबाबु पण्डित, जयकुमार राई, यज्ञराज सुनुवार, राजेन्द्र राई, योगेश भट्टराई, गणेशकुमार पहाडी, भीमबहादुर रावल, यज्ञबहादुर बोगटी, कल्याणीकुमारी खड्का, पुष्पाकुमारी कर्ण, मुकुन्द न्यौपाने, शेरबहादुर तामाङ, नारायण खतिवडा, बिरोध खतिवडा, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, रामकुमारी झाक्री, कृष्णभक्त पोखरेल, घनश्याम भुसाल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डे, गोकर्ण विष्ट, मेटमणि चौधरी, हिराचन्द्र केसी, ध्रुवकुमार शाही, गोपालबहादुर बम, नवराज रावत, झपट रावल, दीपक प्रकाश भट्ट, समीना हुसेन, सरलाकुमारी यादव, निरादेवी जैरु, मायादेवी न्यौपाने, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, मनकुमारी जिसी, कुमारी विशेंख, सरिताकुमार गिरी, पवित्रा खरेल निरौला, भवानीप्रसाद खापुङ रहेका छन्। तुलसी थापा भने नेकपा उपाध्यक्ष वामदेव गौतमकी पत्नि हुन्। गौतम अहिले प्रचण्ड-नेपाल समूहमा छन्।
पूर्वमाओवादी समूहका सांसद
प्रचण्डले नेतृत्व गरेको पूर्वमाओवादीमा अन्जना विसंखे, गिरिराजमणि पोखरेल, अमृता थापा, पम्फा भुषाल, यशोदा, सुवेदी गुरुङ, अग्निप्रसाद सापकोटा, अमनलाल मोदी, इन्दुकुमारी शर्मा, ओनसरी घर्ती, कमला रोका, सुरेशचन्द्र दास, कृष्णबहादुर महरा, गजेन्द्रबहादुर महत, गौरीशंकर चौधरी, गंगाबहादुर तामाङ, चक्रपाणि खनाल, चाँदतारा कुमारी, चुडामणि खड्का, जर्नादन शर्मा, जयपुरी घर्ती, टेकबहादुर वस्नेत, टोपबहादुर रायमाझी, दिलकुमारी दुर्गाबहादुर रावत, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, धर्मशीला चापागाई, पूर्णकुमारी सुवेदी, प्रभु शाह, वर्षमान पुन अनन्त, वीना मगर, महेश्वरराज गहतराज अथक, मातृकाप्रसाद यादव, रामेश्वर राय यादव, रेखा शर्मा, लेखराज भटट, शक्तिबहादुर वस्नेत, शशि श्रेष्ठ, शिवकुमार मण्डल केवट, श्यामकुमार श्रेष्ठ, सत्या पाहाडी, सन्तकुमार थारु, सुदन किराँती, सुरेन्द्रकुमार कार्की (राम कार्की), सुरेशकुमार राई, हरिराज अधिकारी, हरिवोलप्रसाद गजुरेल, हितबहादुर तामाङ, हेमकुमार राई, बोधमायाकुमारी यादव, दुर्गाकुमारी विश्वकर्मा, रामकुमारी चौधरी, छक्कबहादुर लामा रहेका छन्।
तत्कालीन एमालेको चुनाव चिह्न सूर्यबाट निर्वाचित स्वतन्त्र हृदयेश त्रिपाठी र बृजेशकुमार गुप्ता ओली निकट छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।