सर्वसाधारण सँग सुझाव मागेर रानीपोखरी उत्खनन गर्न विज्ञको सुझाव



सैघाली खबर
काठमाडौं,१८ पुस

रानीपोखरीको पुनः निर्माण थाल्नुअघि सर्वसाधारण सँग सुझाव माग्दै उत्खनन गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा विज्ञ समूह बनाइएको थियो ।

सोमबार पहिलो पटक बसेको समूहको बैठकले सर्वसाधारणसँग पनि सुझाव मागेर थप काम गर्नुपर्ने सुझाव दिएको हो । विवादमा रहेको रानीपोखरी पुनः निर्माणका लागि गत बिहीबार प्रताप मल्ल कालीन शैलीमै बनाउने निर्णय गर्दै विज्ञ समूह निर्माण गरिएको थियो ।

रानीपोखरी पुनः निर्माणबारे सर्वसाधारणसँग विचार लिनका लागि आज सूचना निकालिने र सूचना पाँच दिनका लागि रहने समूहका संयोजकसमेत रहनुभएका काठमाडौँ महानगरपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिनुभयो । वि.सं. २०७२ को भूकम्पले ऐतिहासिक रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा पूर्ण रुपमा क्षति पुगेको थियो ।

क्षतिग्रस्त पोखरी पुनः निर्माण शुरु भएको लामो समय बितिसक्दा पनि कङ्क्रिट हालेको भन्दै सम्पदाविद्ले विरोध गरेपछि काम अघि बढ्न सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्