सिरिन भ्यालीमा हिन्दु जागरण नेपाल विद्यार्थी संघको संगठन विस्तार



विरेन्द्र गिरी, माैरीघाट ७ मंसिर । हिन्दु जागरण नेपाल विद्यार्थी संघले आइतबार दाङ देउखुरीको राप्ती गाउँपालिका ४ माैरीघाट स्थित सिरिन भ्याली पब्लिक माविमा विद्यार्थी संघको संगठन विस्तार गरेको छ ।

सम्पुर्ण धर्म,संस्कार ,संस्कृति तथा राष्ट्र प्रेमी विद्यार्थीहरु एकजुट होऔं भन्ने अभियानका साथ हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्धको महाअभियानमा हिन्दु जागरण नेपाल विद्यार्थी संघको संगठन बिस्तार अभियान अन्तर्गत विद्यालयका विद्यार्थी सन्तोष केसीको अध्यक्षतामा ३६ सदस्यीय इकाई कमिटि गठन गरेको छ ।

जसको उपाध्यक्षमा पबित्रा कार्की, सचिवमा सुदिप रिजाल, सहसचिवमा लक्ष्मी भुसाल र  कोषाध्यक्षमा निरान्जन मल्ल रहेका छन् भने अन्य सदस्यमा रहेका छन् । संगठन विस्तारको सहजीकरण हिन्दु जागरण नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नविन गिरी र केन्द्रीय प्रेस संयोजक विरेन्द्र गिरीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्