रौतहटमा पाँच घर दलित बस्तीमा आगलागी

आगलागीबाट पाँच घर पुर्णरुपमा नस्ट


रौतहट ,देवाही गोनाही नगरपालिकाको वडा नं. ७ को गोनाही दलित बस्तीमा गत आइतबार करिब ११.३० बजे बिहानको दलित बस्तिका ५ घरमा आगलागी भएको छ ।
आगलगीमा पूर्ण रुपमा कृत राम, सरफलाल राम, जागृत राम, राम प्रवेश राम, जगत राम,प्रमोद महतोको घर जलेर नष्ट भएको छ।

स्थानीयबासी, प्रहरी लगायतको सहयोगमा आगोलाई नियन्त्रणमा लिए पनि पूर्ण रुपमा जलेर नष्ट भएको र अन्न , लत्ताकपडा सबै जलेको छ भने मानबिय क्षति भने भएको छैन ।
५ घरमा करिब २० जनाको परिवार अहिले अलपत्र परेका छन् , न खानलाई चामल छ , न लगाउनलाई लत्ताकपडा छ , न ओत लाग्ने छानो नै छ , दिन भरी मजदुरी गरि खाने यी दलित परिवारको ओत लाग्ने छानो पनि जले पछि अहिले अलपत्र छन्।
स्थानीय उदयनारायन राम भन्छन् ” आर्थिक अवस्था निकै कमजोर भएको यी ५ परिवारलाई तत्काल खाघन्न र राहतको लागी सहयोग आबस्यक छ ,
घरलाई पुनर्स्थापनाको व्यवस्था गर्न स्थानिय सरकार,प्रदेश सरकार र संघ सरकारले तुरुन्तै ब्यबस्था गर्नु पर्छ “

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्