मंसिर ८,काठमाडौं । काठमाडौं, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् । काठमाडौंमा काली पराजुलीलाई पठाइएको छ । काठमाडौंमा हाल कार्यरत जनकराज दाहाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा प्रेम भट्टराईलाई सरुवा गरिएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार सूर्य सुवेदीले बताए ।
भक्तपुरमा हाल कार्यरत सिडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । गृह मन्त्रालयले धनुषाको प्रमुख जिल्ला अधिकारीमा बन्धु बाँस्तोलालाई सरुवा गरेको छ ।
बाँस्तोला डडेलधुराको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । भक्तपुरमा सरुवा भएका सिडिओ भट्टराई चाहिँ धनुषामा कार्यरत थिए ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।