गुल्मीको मालिका गाउँपालिकाद्वारा घुम्टि हाटबाजार संचालन गर्दै



रमेश विश्वकर्मा
गुल्मी, मंसिर ८। गुल्मीको मालिका गाउँपालिकाले घुम्टि हाटबजार सन्चालन गर्ने भएको छ । आइतबार एक सूचना जारी गर्दै गाउँपालिका अध्यक्ष रितबहादुर थापाले मंसिर १४ गतेदेखि गाउँपालिकाका विभिन्न स्थानमा घुम्टि हाटबजार संचालन गर्ने उल्लेख गरेका छन् ।

कृषि तथा पशुजन्य उत्पादन वृद्धि गरी उपयुक्त बजार पहुचँ सुनिश्चित गर्ने उदेश्यले घुम्टि हाटबजार सन्चालन गर्न लागिएको अध्यक्ष थापाले बताए । उनले आफुसंग भएका कृषि तथा पशु एवम घरेलु उत्पादनसंग सम्वन्धित विक्रि योग्य वस्तुहरु समेत लिई आफुलाई आवश्यक पर्ने वस्तहुरु किनवेचमा सहभागी हुन सम्वन्धित सवैलाई आग्रह गरेका छन् ।

कृषकहरुले उत्पादन गरेको कृषिजन्य वस्तुलाई उचित रुपमा बजारको पहुँच स्थापना गर्नको लागि गाउँपालिकाले घुम्टि हाटबजार सन्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । उनले कृषकको लागि बजारको पहुँच स्थापना गर्न नसकेको खण्डमा व्यवसायी कृषिको अवधारणा नहुने कुरा उल्लेख गरे ।

अध्यक्ष थापाले आईतबार वडा नं.-२ दर्लिङ्गको दह, सोमबार वडा नं.-३ ह्वाङ्दीको औरास्ने डाडा, मंगलबार वडा नं.-४ अर्खावाङ्गको ठुलिचौर हाटबजार, बुधवार वडा नं.-५ हिलेको सागबारी र छापको जमपोखरा, विहिबार वडा नं.-७ घमिरको ठाटी, शुक्रवार वडा नं.-६ अर्जैको पोखरावारी (मोठ), शनिवार वडा नं.-१ नेटाको जैसिपोखरा र वडा नं.-८ मरभुङ्गको सिमलटारीमा हाटबजार संचालन हुने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्