मंसिर८,काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता सामाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई एक महिना पछि कोरोना संक्रमण मुक्त भएका छन् ।
उनलाई तराईका विभिन्न जिल्लामा भएका कार्यक्रममा सहभागी बनेपछि करिव एक महिना अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।भट्टराई यस अगाडि गरिएका ३ वटा कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।
पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको उनले समाजिक सञ्जाल मार्फत् जानकारी गराएका छन् । भट्टराईसँगै उनकी श्रीमती हिसिला यमी पनि कोरोना संक्रमण मुक्त भएकी छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।