स्मार्टफोनले बढाउँदैछ किशोर-किशोरीको आत्महत्या



सैघाली खबर,
स्मार्टफोन, हत्केलाभरको यो प्रविधि अहिले अधिकांश नेपालीको खल्तीमा छ । अझ सायदै किशोर पुस्ता यस्ता होलान्, जसले स्मार्टफोन बोक्दैनन् ।

स्मार्टफोन अहिले कुराकानीको माध्याम मात्र बनेको छैन, मनोरञ्जनको साधन पनि । किशोर किशोरी यसैबाट फोटो खिच्छन्, भिडियो अपलोड गर्छन्, फेसबुक चलाउँछन्, स्टाग्राममा जोडिन्छन् । स्मार्टफोनकै कारण अहिले किशोर पुस्ता भर्चुअल संसारमा रमाउन थालेका छन् ।

 

निसन्देह यसले सबैको जीवन सहज बनाइदिएको छ । तर यसको ‘साइट इफेक्ट’ पनि देखापर्न थालेको छ ।

तर, खतरनाक

पछिल्लो एक सर्भेक्षणबाट के देखिएको छ भने, स्मार्टफोन र अन्य इलेक्ट्रोनिक्स स्क्रीनमा अत्यधिक समय बिताउने किशोरहरु डिप्रेसनग्रस्त छन् ।

डिप्रेसन र त्यसले निम्त्याउने आत्माहत्यामा स्मार्टफोन नै जिम्मेवार रहेको पनि देखाएको छ । भलै यो रिपोर्ट नेपालको होइन । यद्यपी नेपाली परिवेशमा पनि यसको प्रभाव हुनसक्छ ।

अमेरिकाको फ्लोरिडा स्टेट विश्वविद्यालयका सोधकर्ताहरुका अनुसार स्मार्टफोनमा धेरै समय बिताउनेहरुडिप्रेसनको चंगुलमा फँस्दै गएको पाइएको छ ।

अभिभावकका लागि गम्भीर विषय

छोराछोरीले मोवाइल खेलाएको वा मोवाइलमा धेरै समय विताएको कुरामा अभिभावकले खास हेक्का राख्दैनन् । तर, यो अभिभावकको लागि सोच्नैपर्ने विषय भएको औंल्याइएको छ ।

फ्लोरिडा स्टेट विश्वविद्यालयका थोमस जोइनरका अनुसार ‘स्त्रिmन्समा धेरै समय बिताउनु तथा आत्महत्याको विषयमा सोच्नुबीच चिन्ताजनक सम्वन्ध पाइएको छ । अभिभावकहरुले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’

आत्माहत्याको कारण

अध्ययनका क्रममा विद्युतीय उपकरणहरुमा हरेक दिन पाँच वा त्योभन्दा बेसी घन्टा बिताउने किशोरहरुमध्ये ४८ प्रतिशतमा आत्महत्यासम्वन्धी प्रवृत्तिहरु देखिएका थिए । यसको तुलनामा विद्युतीय उपकरणहरुमा एक घन्टाभन्दा कम समय बिताउने किशोरहरुमध्ये २८ प्रतिशतमा मात्रै यस्तो प्रवृत्ति देखियो ।

यो अध्ययनको प्रतिवेदन क्लिनिकल साइकोलोजिकल साइन्सको जर्नलमा प्रकाशित गरिएको छ । अमेरिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार वर्ष २०१० देखि यता १३ देखि १८ वर्षभित्रका किशोरहरुमा डिप्रेसन तथा आत्महत्याको दरमा आश्चर्यजनक वृद्धि भएको छ । यसमा केटीहरुको संख्या ठूलो छ । अध्ययनमा विद्युतीय उपकरणहरुको अत्यधिक प्रयोग नै यसको प्रमुख कारकतत्वका रुपमा औंल्याइएको छ ।onlinekhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्