दिपक बोहरा, तुलसीपुर १८ पुस ।
माबि सेन्टर तुलसीपुरमा गत बर्षको पुस देखि देखि २ जना माबि र १ जना प्राबि शिक्षकको कोटा खाली भयो । बिद्यालयले जिल्ला शिक्षा कार्यालय दाङको अनुमतिमा माबिको अंग्रेजी र नेपाली तथा प्राबिको एक शिक्षक माग सम्बन्धि दरखास्त आह्वान ग¥यो । दरखास्त पनि परे । तर एक बर्ष सम्म पनि शिक्षक नियुक्ति गर्ने अधिकार बिद्यालयले पाएन् । दरखास्त आह्वान भएपनि मुलुक नयाँ संरचनामा गईसकेपछि शिक्षामा देखिएको अन्यौलता देखियो । बिद्यालयलाई परिक्षा बनाउने कानुनी बाटो खुलेन् ।
त्यसको केही समय पछि स्थानीय तह निर्बाचनको लागि आचारसंहित लागु भयो । त्यतिबेला शिक्षक नियुक्ति रोकियो । स्थनीय तहको निर्बाचन सम्पन्न भएर जनप्रतिनिधि आईसकेपछि शिक्षा नियुक्ति हुने आशामा थिए माबि सेन्टरका प्रअ भागवत पौडेल । तर जनप्रतिनिधि आएपनि शिक्षक नियुक्ति प्रक्रिया अगाडि बढ्न सकेन् । तुलसीपुर उपमहानगरपालिकामा शिक्षा शाखा खोलियो, त्यसपछि झनै अन्यौलमा परेको प्रअ पौडलले बताए ।
‘तुलसीपुर उपमहानगरको शिक्षा शाखामा जाँँदा जिल्लामा सिकाउनुहुन्थ्यो’ उनले भने ‘जिल्लामा जाँदा सबै अधिकार स्थानीय तहमा गईसकेको प्रतिक्रिया दिनुभयो ।’ यही कारणले शिक्षक नियुक्ति गर्न सकिएको थिएन् । मुलुक संघीय संरचनामा गएसंगै तुलसीपुर उपमहानगरपालिकामा उपसचिबको नेतृत्वमा शिक्षा शाखा पनि गठन भएपछि जिल्ला शिक्षा कार्यलाई पनि धेरै अधिकार कटौती गरियो । राप्ती समाचार राष्ट्रिय दैनिकमा खबर छ ।
स्थानीय तहमा आएका अधिकारलाई स्पस्ट रुपमा हस्तान्तरण गरिएन् । त्यस पछि स्थानीय तह र शिक्षाबीच मतभेत पनि देखियो । यस्तै मारमा थियो, गुरुजजुर माबि तुलसीपुर पनि ।
असारमा अंग्रेजी बिषय पढाउने माबिको शिक्षक आबश्यक प¥यो । तर माबि सेन्टर जस्तै समस्या गुरुजजुरलाई पनि प¥यो । शिक्षक कोटा खाली भएको ६ महिना सम्म पनि शिक्षक नियुक्ति हुन सकेन् । शिक्षा कार्यालय दाङले सबै जिम्मेवारी स्थानीय तहलाई दिईसकेको बताउँदै आएको थियो भने स्थानीय तहले भने अझै स्थानीय तहमा अधिकार नआएको प्रतिक्रिया दिएको गुरुजजुर माबिका प्रधानध्यापक बिष्णु कुमार आचार्यले बताए ।
अब भने त्यो अन्यौलता बाँकि रहेन् । सोमबार सरोकारवालाहरुको भेलाले टुंग्याएयो । जिल्ला समन्वय समिति, जिल्ला शिक्षा कार्यालय, जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुबीचको भेलाले स्थानीय तहलाई शिक्षक नियुक्ति गर्ने अधिकार दिएपछि उक्त अन्यौलता हट्ने तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख भास्कर गौतमले बताए ।
यी दुई बिद्यालय उदाहरण मात्रै हुन् । यस्तै अन्यौलताले गर्दा दाङका धेरै बिद्यालयमा शिक्षक नियुक्ति लगायत धेरै कामहरु प्रत्यक्ष रुपमा प्रभाबित बनेका थिए ।
शिक्षक नियुक्ति नहुँदा बिद्यार्थीको पठन पाठनमा प्रत्येक्ष प्रभाब पार्ने गरेको गुरुजजुर माबिका प्रधानध्यापक बिष्णु प्रशाद आचार्यले बताए । ‘बिद्यार्थीको रिजेल्ट आईसक्यो’ उनले भने ‘ तर अहिले सम्म ती बिषयको प्रभाबकारी रुपमा पढाई हुन सकेको छैन् ।’ यस्तै अन्यौलताले गर्दा बिद्यार्थीहै भबिष्य पनि अन्यौल बनेको उनको भनाई छ ।
बिद्यालय जस्तो पबित्र स्थललमा पनि बिभिन्न राजनीतिक नियुक्ति हुने गरेकाले यस्तो समस्या निम्तिएको उनको भनाई छ अहिले बिद्यालयले निजि शिक्षक राखेर पठन पाठन गराईरहेको भएपनि प्रभाबकारी रुपमा पठन पाठन हुन नसकेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।