पल्लो घरको छतमा देखिने केटि



~ आफ्नै कहानी ~
२०७५ सालको कक्षा 10 को वार्षिक परिक्षाको तयारी गर्दाको घटना कोरोना पछि २०७७ मंसिरमा हुने कक्षा 11 को परिक्षाको तयारी गर्दा आज २०७७/०८/०८ गते लेख्न मन लाग्यो …

ओहो हिउँदको महिना कस्तो जाडो भएको जेठ बैशाखमा पोल्ने त्यो घाम पनि अहिले कति प्यारो लाग्न थालेको हुन त सबैलाई हिउँदको घाम प्यारो नै लाग्छ र हिउँदमा कोहि घाम ताप्न त कोहि किताब पढ्न मान्छेहरु छतमा बसिरहेका हुन्छन र यसै क्रममा मेरो एउटा रोमाञ्चक घटना घट्न जान्छ त्यो घटना कस्तो भने एक दिन म छतमा कक्षा १० को परिक्षाको तयारी गर्न आएको थिए ।

त्यो बेला पल्लो घरको छतमा एक जना केटि मान्छे पढिरहेकी थिइन देख्ने बितिक्कै सुन्दर लाग्ने तेहि घरमा मेरो एक जना मेरा आफन्त पनि बस्नुहुन्थ्यो अनि मलाई लाग्यो अब ती सुन्दर महिला सङ्ग भेट्न र बोल्न सजिलो हुने भयो ।

अनि दोश्रो दिन म एसो 2/3 बजेको हुदो हो मैले त्या जाने बहाना बनाए अनि लागे तेहि घरमा बस्ने आफन्तको कोठामा त्या पुगेर भने अंकल छतमा जाउन साइनोमा मेरो अंकल पर्नु हुन्थ्यो उहाँ तर साथि जस्तै हुनुहुन्थ्यो मैले भनेको कुरा कहिले पनि नाइ नभन्ने अंकलले आज पनि सहजै हिन भन्नुभयो
छतमा गए पछि अंकल र म आपसमा गफ गर्न लाग्यौ तर मेरो गफ अंकल सङ्ग भए पनि मन र अँखा भने मेरै नजिक पढिरहेकि ती सुन्दर देखिने केटि सङ्ग थियो कति बेला बोलु जस्तै भाको थियो ।

यत्तिकैमा मेरा आँखा उनले पढिरहेको त्यो किताबमा गए अलि टाढा हुनाले किताबको अक्षर चिन्न सकिएको थिएन यत्तिकैमा मैले सोधे कतिमा पढ्नुहुन्छ उनले भनिन् १० मा मैले फेरि सोधे नेपाली कि अङ्ग्रेजी मिडिएम उनले भनिन नेपाली उनले यति भनेपछि मलाई मनमनै लाग्न थाल्यो ओहो कक्षा पनि एउटै मिडिएम पनि एउटै SEE को तयारी गर्न सजिलो हुने भयो अनि यत्तिकैमा मैले उनि र उनले पढिरहेको किताब नजिक गए कक्षा १० को गणित विषयको हिसाब गरिरहेकी थिइन् मलाई हिसाब भने पछी पिसाब आउथ्यो तर केटि देखेपछि नजाने पनि जाने जस्तो गर्नुपर्ने हामी सामान्य केटाहरुको जातले मलाई पनि रोक्न सकेन अनि लागे उनलाइ सिकाउन पछि भनु या गफ दिनपछि तर तेतिबेला भाग्यबस भनु कि उनले तेहि पढिरहेकी भएर भनु त्यो मलाई गणितमा सजिलो लाग्ने हिसाब थियो तर मलाई आज एक डेढ वर्षपछि हेर्दा त्यो कुन हिसाब थियो भन्ने थाहा छैन तर त्यतिबेला त्यो हिसाब् उनलाइ सिकाउन लागे हिसाब र सामाजिक बिषयका बारेमा थोरै जानेको कुरा भनी दिए अनि तेहि दिन उनलाइ आफ्नो कक्षा १० को Old is Gold पनि दिए एक दुई दिन यस्तै चलिरह्यो अंकल सङ्ग छतमा जाने गफ गर्ने उनलाई देखेपछी उनी सङ्ग पनि गफ गर्ने उनी सङ्ग बोल्दा उनी मात्र सुन्दर छैनन् उनको मन पनि निकै सफा छ जस्तो लाग्थ्यो ।

यस्तै चल्दै थियो तर एक दिन दिउँसो तिर 1/2 घण्टा उनि सङ्ग गफ गरियो अनि साझ तिर उनी भान्सामा खाना पकाउदै थिइन म पनि उनकै भान्सामा गएर सोधे फेसबुक आइडी दिन मिल्छ उनले सिधै नाइ भनिन म सरासर बाहिर आए अनि सोचे सायद दिन मिल्छ भन्नू भन्दा देउ भनेको भए दिन्थिन होला त्यो दिनपछि म अलिअलि बोल्थे तर उनले म सङ्ग बोल्न नचाहेको जस्तो लाग्थ्यो।।

अनि केही दिनपछी मैले पनि बोल्न बन्द गरिदिए यसरी नै सकियो मेरो 4/5 दिने रमाइलो अहिले एक डेढ बर्षपछि उनी मेरो फेसबुकमा साथी छिन कहिलेकाहीँ एकाअर्कालाई देख्छौ पनि तर हाम्रो बोलचाल भने छैन ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्