सुत्केरी महिलाहरुलाई पोषिलो समाग्री वितरण



धनी राम काेरी
कपिलवस्तु , ८ मंसिर
कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. सुत्केरी महिलाहरुलाई पोषणयुक्त समाग्री वितरण गरिएको छ । वडा नं. ९ को वडा कार्यालयको अर्थिक सहयोग र निग्लीहवा स्वास्थ्य चौकीको अयोजनामा साना किसान सहकारी संस्थाको समन्वयमा अण्डा तथा घ्यू वितरण गरिएको छ ।

घरमा शुन्य सुत्केरी गराउने उद्देश्यले सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरेको स्वास्थ्य चौकी प्रमुख हरिराम चौधरीले बताउनु भएको छ । उनले भने यस वडा भि रहेका सुत्केरी महिलाहरुलाई अण्डा र घ्यू वितरण गरिएको छ । खास गरि कोरोनाको करणले गर्दा सुत्केरी महिलाहरुलाई पोषणमा समस्य भईरहेकोले हामीले पोषणयुक्त समाग्री वितरण गरेका छौ ।

यता कपिलवस्तु नगरपालिकाले आमा सुरक्षा कार्यक्रम अन्तरगत स्वास्थ्य संस्थाहरुमा सुत्केरी गराउनेलाई १ हजार रुपैया पोषण भत्ता दिने निर्णय गरेको छ । त्यही अनुसार वडाको सिफारीसमा हामी पोषण भत्ता उपल्बध गराउने गरेको स्वास्थ्य शाखा संयोजक उमेश गुप्ताले बताएका छन ।

हाम्रो वडामा विकास निर्माणको कार्य गरिरहेका छौ । विकास निमार्णको कार्य संगै सुत्केरी महिलाहरुलाई पनि मध्य नजर गर्दै वडाबाट पोषिलो समाग्री वितरणका लागि बजेट राखेका थियो । त्यही अनुसार आज वितरण गरिएको वडा अध्यक्ष शिवबहादुर वाग्लेले बताएका छन । उनले भने अगामी दिनमा यस भन्दा राम्रो योजना ल्यउने छौ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्