कमलपोखरी छायाँ सेन्टरले मिचेको भन्दै विरोध



काठमाडौं । काठमाडौंको ऐतिहासिक, धार्मिक, पुरातात्विक र साँस्कृतिक महत्वको कमलपोखरी मासेर छायाँदेवी कम्प्लेक्स बनाइएको विरुद्ध विरोध गरिएको छ ।

कमलपोखरी अतिक्रमणको विषयलाई लिएर २०६९ सालदेखि स्थानीयले पटक पटक विरोध गर्दै २०६९ सालामा नै जिल्ला अदालतमा मुद्धा दाएर गरेका थिए ।

२०७३ सालमा स्थानीयले राखेको माग जायज ठहर्याउँदै सर्वोच्च अदालतले निस्सा प्रदान गरेको भएपनि छायाँ सेन्टरले स्थगित गराई मुद्धाको सुनुवाइ हुन दिएको छैन । हाल स्थगित गरेको पेसी आगामी पुष ५ गते राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्