दाङमा प्रहरीले समात्यो रेष्टुरेन्टबाट ७ जुवाडेलाई डेढ लाखसहित



मंसिर८,दाङ।दाङमा जुवातास खेल्दै गरेका ७ जना जुवाडेलाई झण्डै डेढ लाखसहित प्रहरीले समातेको छ । लालमटियास्थित राप्ती फेम्ली रेष्टुरेन्टमा तास खेल्दै गर्दा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोही ठाउँका अक्कबर हुसेन मिया, अल्ली शाह, कृष्णबहादुर राना, यमबहादुर राना, रुपेश आले, एडिस मिया र चुमानसिंह सुनार रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले एक लाख ४६ हजार नगद र १० गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्