माओवादी केन्द्रको अध्यक्षमा बुढाथोकी



काठमाडौं । पुनर्गठित नेकपा (माओवादी ) केन्द्रको अध्यक्षमा पूर्वसभासद कर्णजित बुढाथोकी चयन भएका छन् । यसअघि बुढा सो पार्टीको महासचिव थिए । यसअघि चर्चित नेता गोपाल किराँती सो पार्टीको अध्यक्ष थिए ।

किराँतीले पार्टी नीति विपरीतको लाइन लिएपछि सो पार्टीमा गम्भीर बहस चलेको थियो । किराँतीले केही समयअघि माओवादी विचारमा विपस्यना पनि थप्नुपर्ने धारणा रोखपछि उनीमा विचारमा विचलन आएको ठहरसहित उनीमाथी कारवाही भएको थियो । अध्यक्षमा निर्वाचित बुढाथोकी परिवार हुन् ।

माओवादी जनयुद्धमा उनको परिवारबाट दुई जना शहीद भएका छन् । उनको जीवनसाथी उपाल लामा २०५९ मंसिर ३ गते र दाजू धर्मजीत बुढाथोकी २०५८ साल जेष्ठ २० गते बाँकेको कुसुममा शहीद भएका हुन् । शहीद परिवारको तर्फबाट कर्णजीत नै माओवादी पार्टीको पहिलो पटक अध्यक्षको जिम्मेवारीमा पुगेका हुन् ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्