तुल्सीपुरस्थित टरि गाउँ विमानस्थलमा इन्धन डिपो स्थापना हुने



दाङ, ८ मंसिर। दाङको तुल्सीपुरस्थित टरि गाउँ विमानस्थलमा इन्धन डिपो स्थापना हुने भएको छ। लामो संघर्षपछि दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो बन्ने भएको हो।

तुल्सीपुर विमानस्थलमा इन्धन डिपोको व्यवस्था नहुँदा इन्धन भर्न जहाज भैरहवा वा नेपालगन्ज भएर उड्ने गरेको छ। आगामी वैशाख एकभित्रमा इन्धन डिपोको लागि निर्माण कार्य सन्चालन गरिने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए।

६ वटा टयाङ्क र २ वटा बाउजर मेसिन तयारी अवस्थामा रहेकाले निर्माणको काम १६ दिनपछि सुरु गरिने नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए। टयाङ्क र बाउजरका लागि टेन्डर भइसकेको छ। आगामी बैशाख १ गते उद्घाटन गर्नेगरी निर्माण कार्यलाई तिब्र बनाईने उनले बताए। दुईवटा टयाङकले दैनिक ३ वटा जहाज आएपनि एक महिनासम्म तेलले धान्ने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए।

तत्कालका लागि अफिस, क्यालीब्रेसन टावर र पार्कीङको काम सुरु गरिने उनले बताए। त्यसका लागि ७ कठ्ठा जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरणले दिनका लागि मौखीक रुपमा सहमति जनाई सकेको छ भने तुलसीपुर उपमहागनरपालिकाले १ करोड र निगमले ५ करोड खर्चन गर्ने भएको छ।

निगमबाट आएको प्राविधिक टोलिले जग्गाको सर्वेसमेत गरेको छ। इन्धन डिपो स्थापना भएपछि तुलसीपुर–डोल्पा र तुलसीपुर–पोखराका लागि उडान भर्ने गरी छलफल भइरहेको तुलसीपुुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए। इन्धन डिपो संचालन भएपछि दाङबासीको ठूलो सपना पुरा हुने उनले बताए।

विगतमा लामो समय सन्चालन हुने बन्द हुने गर्दै आएको विमानस्थल पछिल्लो समय तुल्सीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरको संयुक्त पहलमा नियमित सन्चालन हुँदै आएको थियो।

हाल हप्तामा पाँचदिन सन्चालन भइरहेको हवाइ उडान इन्धन डिपो स्थापना भएपछि सातैदिन सन्चालन गर्न सकिने तुलसीपुर उपमहानगरपालिका प्रमुख पाण्डेले बताए। इन्धन डिपो स्थापनासँगै निजी कम्पनीहरुले पनि विमान सेवा शुरु गर्ने पाण्डेले बताए।

निगमले तत्कालका लागि एयरपोर्टमा अस्थायी रुपमा ६० हजार लिटर क्षेमताको अन्डरग्राउण्डेड २ वटा ट्याङक, २ वटा बाउजर र २ वटा ट्याङकर राख्ने भएको छ।२०११ सालमा स्थापना भएपनि राजनीतिक दाउपेज र खिचातानीका कारण पछाडी परेको एयरपोर्टमा ढिलै भएपनि इन्धन डिपो संचालनको तयारी भएको हो।

तुलसीपुर उपमहानगरपलिकाको पहलमा संचालनमा आएको टरिगाउँ एयरपोर्टमा नेपाल एयरलाइनसले हप्तामा पाँचवटा उडान भर्दै आएको छ। आइतबार र मंगलबार बाह्यक अन्यदिनमा जहाजले उडान भर्ने गरेको छ। इन्धन डिपो संचालनमा आएपछि सिता र वुद्धले पनि उडान भर्नका लागि चासो देखाएको नगर प्रमुख पाण्डेले जानकारी दिए। कुहिरोका कारण नेपालगंज भन्दा तुलसीपुर बढी सुरक्षीत भएकाले तुलसीपुरबाट डोल्पाका लागि सिधै उडान भर्न सजिलो हुने भएकाले चासो देखाएको पाण्डेले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्