ओली प्रवृत्ति अग्रगमनको मुख्य वाधक भएको दावी : डा. बाबुराम भट्टराई



काठमाडौं। समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकमा प्रवृतिका रुपमा विकास भएकाले त्यसलाई काँध थाप्न नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत भट्टराईले ओली प्रवृत्ति अग्रगमनको मुख्य वाधक भएको पनि दावी गरे।

मुलुकको हालको मुख्य मुद्दा व्यक्तिका रूपमा प्रधानमन्त्री नभएर उनले लागू गरेको प्रवृति भएको नेता भट्टराईको भनाइ छ। नेकपाभित्र विवाद चर्किएको, प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पछिल्लो समय भएको भेटवार्तातर्फ लक्षित गरेर भट्टराईको यस्तो प्रतिक्रिया आएको हो।

उनले लेखेका छन्, ‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृति हो। व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्। तर, ओली प्रवृति यतिबेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो। अग्रगमनको मुख्य बाधक हो। यो एउटा पार्टीको मुद्दा मात्र हैन। कुनै पनि बहानामा यसलाई काँध थाप्ने गल्ती नगरौं।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्