माओवादी केन्द्रको अध्यक्षमा कर्णजीत बुढाथोकी, गोपाल किराती बाहिरिए



मंसिर९,काठमाण्डौ।काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठकले नयाँ नेतृत्व चयन गरेको छ । कात्तिक ११ गते पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पार्टी अध्यक्षबाट राजीनामा दिएकापछि नयाँ नेतृत्व चयन गरिएको हो । नेकपा एमालेसँगको एकतामा विमति जनाउँदै नेकपा माओवादी केन्द्र पुनर्गठन गरेका किरातीले स्वास्थ्यका कारण अध्यक्षको जिम्मेवारी छोडेको भनिएको थियो । माओवादी केन्द्रको बैठक तथा विशेष भेलाले सोमबार महासचिव कर्णजीत बुढाथोकी शुशिललाई पार्टी अध्यक्षमा चयन गरेको छ। माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तिलक थापाको अध्यक्षतामा बसेको बैठक तथा भेलाले एक मतका साथ अध्यक्षमा बुढाथोकीलाई चयन गरेको थियो । अध्यक्षमा निर्वाचित बुढाथोकीको परिवारबाट माओवादी जनयुद्धमा दुई जना शहीद भएका थिए । उनकी जीवन संगिनी उपाल लामा २०५९ मंसिर ३ गते हुम्लाको केरमिको जनयुद्धकालीन घटनामा शहादत प्राप्त गरेकी थिइन् । त्यस्तै उनको दाई धर्मजीत बुढाथोकी २०५८ साल जेष्ठ २० गते बाँकेको कुशुममा भएको घटनामा शहादत प्राप्त गरेका थिए । शहीद परिवारको तर्फबाट उनी नै यसरी माओवादी पार्टीमा पहिलो पटक अध्यक्षको जिम्मेवारीमा पुगेका हुन् । अध्यक्षमा निर्वाचित भएपनि बुढाथोकीले पार्टी केन्द्रीय समिति ९९ सदस्यीय, पोलिटव्यूरो ३३ सदस्यीय, स्थायी समिति १५ सदस्यीय निर्माण गर्नेबारे प्रस्ताव बैठक तथा भेलामा गरे । उनको प्रस्तावमा भेलामा सहभागी नेताहरुले सुझावसहित पास गरेको बताइएको छ ।

बैठकले पार्टीको वरिष्ठ नेतामा तिलक थापामगर रहने तथा यसअघि उपाध्यक्षको जिम्मेवारीमा रहेका नेता रंगनाथ ढकाल पुन उपाध्यक्षको जिम्मेवारी दिएको छ ।त्यसैगरी माओवादी केन्द्रको पूर्ण केन्द्रीय समिति, पोलिटव्यूरो, स्थायी समिति र पदाधिकारीबारे थप छलफल सहित निर्णय गर्ने बताइएको छ ।

विभिन्न जनवर्गिय संगठनको जिम्मेवारी, प्रदेश, जिल्ला र विभागको जिम्मेवारी बारे समेत बैठकले निर्णय गर्ने बताइएको छ । अध्यक्ष कर्णजीतले आज प्रस्तुत गरेको वर्तमान परिस्थिति र हाम्रो कार्यभार विषयक कार्यपत्रमा भोलिको बैठकमा व्यापक छलफल हुने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्